• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज २७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

लोकप्रिय समाचार

  • १. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • २. सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द

  • ३. रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा

  • ४. इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

  • ५. लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

  • ६. मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

  • ७. व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

  • ८. कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

  • ९. कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

  • १०. गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

२५ वर्षपछी बुटवलमा कांग्रेसको पुनरागमन


  •   शनिबार, जेठ ०७, २०७९ मा प्रकाशित
  • बुटवल । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलको गृहनगर बुटवलको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार खेलराज पाण्डेयले फराकिलो मतान्तरले जित हासिल गरेका छन् ।  पाण्डेयले ३० हजार मत पाएर निर्वाचित हुंदा एमालेका बाबुराम भट्टराईले २२ हजार ५९७ मत पाएका छन् । नेपाली कांग्रेसका बुटवल नगरसभापति समेत रहेका पाण्डेयलाई सत्तारुढ दलहरु नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको समर्थन थियो ।
    पाण्डेयको यो जितसंगै बुटवलको नेतृत्वमा २५ वर्षपछि कांग्रेसको पुनरागमन भएको छ । बुटवलमा २०५४ सालयताका सबैजसो चुनावमा नेकपा एमालेले जित्दै आएको थियो ।
    नेकपा एमालेको विभाजन, राष्ट्रिय राजनीतिमा आएको फेरबदलसंगै बनेको ५ दलीय गठबन्धन र उम्मेदवार पाण्डेय निरन्तर जनताको घरदैलोमा पुग्ने बानी, सरल व्यवहार र व्यक्तिगत लोकप्रियताका कारण बुटवलमा एमालेको २५ वर्षे एकछत्र राज ढलेको विश्लेषण गरिएको छ ।
    उपमेयरमा भने नेकपा एमालेकी सावित्रा अर्याल निर्वाचित भएकी छन् । गठबन्धनका उम्मेदवार एकीकृत समाजवादीका चिनबहादुर गुरुङलाई  पराजित गर्दै अर्याल निर्वाचित भएकी हुन् । अर्यालले २४ हजार ९९४ मत पाएर उपाध्यक्ष निर्वाचित हुंदा गुरुङले १६ हजार ९८० मत पाएका छन् ।
    अघिल्लो निर्वाचनमा पराजित भएपनि पाण्डेय निरन्तर मतदाताको घरदैलोमा जाने र समस्या समाधानको पहल गरेका थिए । मोतिपुर औद्योगिक क्षेत्र र तिनाउ दानव कोरिडोरबाट प्रभावित झण्डै ४ हजार परिवारको वैकल्पिक व्यवस्था गरेर मात्रै यी आयोजना अघि बढाउनुपर्ने स्थानीयको मागमा खेलराजले दरिलो साथ दिए । यस्तै सुकुम्बासी र अव्यवस्थित बसोबासी तथा ज्योतिनगर पहिरो प्रभावितको समस्यामा पनि उनले निरन्तर आवाज उठाए । यही कारण पाण्डेयले सहज जित निकालेका हुन् ।
    बुटवलका १९ मध्ये नेपाली कांग्रेसले ४, ५, ६, ७, ८, ९, १२, १३, १५, १६ र १७ गरी १० वडाध्यक्ष जितेको छ । यसैगरी एमालेले वडा नंं १०, १४, १८ र १९ जितेको छ। नेकपा माओवादी, एकीकृत समाजवादी र स्वतन्त्रले एक–एक वडा जितेका छन् ।
    बुटवलमा पाण्डेले जितेसँगै आउँदो प्रतिनिधि सभा र प्रदेश सभाको शक्ति समेत एमालेबाट खोसिने संकेत देखिएको छ ।
    बुटवललाई साझा चौतारी बनाउंछु,शासक बन्दिन ः पाण्डेय
    नगर प्रमुखममा निर्वाचित भएपछि मेयर पाण्डेयले बुटवल उपमहानगरलाई सबै दल र संघसंस्थाको साझा चौतारी बनाई सबैको राय सुझावका आधारमा काम गर्ने बताए । ‘गर्नुपर्ने काम धेरै छन्,तर पहिलो काम बुटवल उपहानगरलाई सबैले अपनत्व लिनेगरी सबै दल र संघसंस्थाको साझा चौतारी बनाउंछु’–पाण्डेयले भने–‘कार्यपालिका गठनपछि सबैको रायसुझावका आधारमा मात्रै निर्णय गर्छु एक्लै केही गर्दिन,अर्को मुख्य कुरा म शासक बन्दिन सेवक बन्छु ।’ चौराहा–बुटवल सडक निर्माणलाई छिटो पूरा गराउन पहल, खानेपानी समस्या, ज्योतिनगर पहिरो नियन्त्रण,मोतिपुर औद्योगिक क्षेत्र,तिनाउ दानव कोरिडोर प्रभावित र सुकुम्बासी तथा अव्यवस्थित बसोबासीका समस्या समाधान नै आफ्ना प्राथमिकता रहेको पाण्डेयले बताए । कार्यभार शुरु गरेपछि कानूनी व्यवस्था गरेर घर बहाल कर, हाटबजार वैठकी कर, ई रिक्सा सवारी कर र सिफारिश शुल्क घटाउने पाण्डेयले बताए । नगरवासीको दुर्घटना बिमाका लागि आर्थिक प्याकेजसहितको विशेष कार्यक्रम ल्याइने उल्लेख छ । जनप्रतिनिधिहरुले निजी तथा दलीय प्रयोजनका लागि सरकारी सवारी साधनको प्रयोग गर्ने परिपार्टी अन्त्य गर्ने, जनप्रतिनिधिहरुको एक महिनाको तलब नगरबासीहरुको स्वास्थ्य बिमा कार्यक्रमका लागि योगदान गर्ने पाण्डेयले बताए । आफू मेयरको कुर्सीमा बसेकै आर्थिक हैसियतामा ५ वर्षपछि विदा हुने, कार्यालय समयको आधा समय मतदाताको घरदैलोमा पुग्ने योजना रहेको समेत बताए।

    Advertisement

    को हुन् खेलराज पाण्डे ?
    ५ फागुन २०२६ मा बुबा लीलावल्लभ पाण्डे र आमा तारादेवी पाण्डेको कोखबाट स्याङ्जाको साविक आलमदेवी २ (हाल कालीगण्डकी– २) मा जन्मिएका पाण्डे हाल बुटवल उपमहानगरपालिका– ६ का बासिन्दा हुन् ।
    १३ वर्षको उमेरमै २०३८ सालमा बुटवलमा झरेका पाण्डेले पार्टी राजनीति बुटवलबाटै शुरु गरे पनि विद्यार्थी संगठनमा आबद्ध भई स्याङ्जाबाट आफ्नो राजनीतिक जीवन शुरु गरेका हुन् ।
    आदर्श मावि स्याङ्जाबाट २०३९ सालमा नेपाल विद्यार्थी संघको सदस्यता लिएका पाण्डे २०४० सालमा पाल्पाको जेभीटी स्कुलमा पढ्दा नेविसंघकै समितिमा आबद्ध भए ।
    त्यसपछि २०४३ सालमा त्रिभुवन विश्वविद्यालयअन्तर्गत पाल्पा क्याम्पसमा विज्ञान संकायको इकाइ सदस्य, २०४४ सालमा अमृत साइन्स क्याम्पसमा नेविसंघको सचिव, २०४७ सालमा बुटवल बहुमुखी क्याम्पसको नेविसंघ उपसभापति र २०५२ सालमा रूपन्देहीको नेविसंघ सचिव बनेका हुन् ।
    विद्यार्थी राजनीतिपछि तरुण दलमा आबद्ध पाण्डे २०५९ सालमा नेपाल तरुण दल रूपन्देहीको अध्यक्ष, २०६० सालमा नेपाल तरुण दल केन्द्रीय सदस्य भए भने २०६७ सालमा नेपाली कांग्रेस बुटवल नगर सभापति भए ।
    २०६७, २०७२ र २०७८ सालमा भएका अधिवेशनबाट पाण्डे निरन्तर नेपाली कांग्रेस बुटवल नगर समितिको सभापति रहेर पार्टी र सामाजिक काममा क्रियाशील छन् ।
    श्रीमती सीता भट्टराई पाण्डे र छोरा अभिषेक पाण्डेका साथ बुटवलमा बसोबास गर्दै आएका पाण्डेले स्नातक तहसम्मको अध्ययन गरेका छन् । आफ्नो निजी घर नभएका पाण्डे ३५ वर्षदेखि डेरामा बस्दै आएका छन् । उनको आफ्नो सवारी साधान पनि छैन । पार्टीका कार्यक्रमहरुमा उनी अरुको लिफ्ट मागेर या नजिकमा पैदल हिंडेर पुग्ने गर्छन् । बिहानैदेखि साँझ अबेरसम्म पार्टी र सामाजिक काममा व्यस्त रहने पाण्डे बुटवलका हरेक वडा र टोलसम्म परिचित व्यक्ति हुन् ।

    शनिबार, जेठ ०७, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद
    अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार
    रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति
    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३

    • २.
      सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक

    • ३.
      रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको

    • ४.
      इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष

    • ५.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ६.
      मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ :

    भर्खरै

    • १.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • २.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ३.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ४.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ५.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ६.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ७.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

    • ८.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation