अनुज पछाई , प्यूठान । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत ‘पढ्दै कमाउँदै’ कार्यक्रमका लागि प्यूठानका २ बिद्यालय छनोट भएको छन । प्यूठान नगरपालिकामा वर्डा नं. ७ मा रहेको क्षेत्रबिकास माद्यमिक बिद्यालय र गौमुखि गाउपालिका वर्डा नं. ५ मा रहेको गौमुखि माद्यमिक बिद्यालय छनोटमा परेका हुन ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रले बुधवार सूचना जारी गर्दै यसबारे जानकारी दिएको हो । केन्द्रले केही समयअघि पढ्दै कमाउँदै कार्यक्रमका लागि सूचना जारी गरेको थियो ।
प्यूठानमा उक्त कार्यक्रमका लागि क्षेत्रबिकास मा बि ले कृषि तर्फ र गौमुखि माद्यमिक बिद्यालयले च्याउखेतितर्फ प्रस्ताव पेश गरेको शिक्षा विकास तथा समन्वय इकाइ प्यूठानका ईकाइ प्रमुख शिबराज पण्डितले बताए । विद्यालय सहयोग कार्यक्रममा सामुदायिक विद्यालयसँग प्रस्ताव माग गरिएकोमा निर्देशक समितिको बैठकको निर्णयानुसार उक्त दुई विद्यालय छनोट भएका हुन ।
देशभरबाट १४० विद्यालय छनोट भएका छन् ।
‘पढ्दै कमाउँदै’ कार्यक्रम ः प्यूठानका दुई विधालय छनोट
‘पढ्दै कमाउँदै’ कार्यक्रम ः प्यूठानका दुई विधालय छनोट

Advertisement
तपाईको प्रतिक्रिया