• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, पुष ०४, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद सम्पन्न

राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह

एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते ?

पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

ओलीले पार्टीलाई चरीनाङ्गो बनाए:केन्द्रीय सदस्य सिंह

देवदह नगरपालिकाले इस्मा खुल्ला क्रिकेट उपाधि जित्यो

स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?

काङ्ग्रेस प्यूठानको पार्टी कार्यालय भवनका लागि जग्गा खरिद

लोकप्रिय समाचार

  • १. एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते ?

  • २. राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह

  • ३. कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद सम्पन्न

एमाले प्यूठानको एक महिने अभियान : सरूमारानीबाट नौबहिनी पुगेर समापन


  •   सोमबार, चैत ०७, २०७८ मा प्रकाशित
  • कामनाडेली, प्युठान । नेकपा एमाले प्यूठानले सुरु गरेको निर्वाचन अभिमुखिकरण तथा प्रशिक्षण अभियान जिल्लाको नौबहिनी गाउपालिकाकाे केन्द्र बाहनेमा पुगेर सम्पन्न भएको छ ।

    Advertisement

    फागुन १६ गते सरुमारानीबाट सुरु भएको एक महिने लामो उक्त अभियान शनिबार सम्पन्न भएको एमालेले जनाएको छ ।
    जिल्लाका नौ वटै गाउँ/ नगर पालिकाहरूमा पार्टी सदस्यस्तरमा प्रशिक्षण गरी सफलताका साथ अभियान सम्पन्न गरिएको पार्टी अध्यक्ष विजय विराज विष्टले जानकारी दिनुभयो । उहाँले पार्टीको पछिल्लो गतिविधिले पार्टी संगठन टोल कमिटी तहसम्म परिचालन र क्रियाशिल भएको बताउनुभयो। उहाँले अभियानका क्रममा ठूलो उपलब्धि हासिल गरिएको छ, भन्नुभयो।
    यस अवधिमा महिला, दलित, मुस्लिम, स्वास्थ्यकर्मी, निजामती कर्मचारी, सम्पर्क मञ्च, शिक्षक, भूमिहीन सुकुम्बासी, खेलाडी, बुद्धिजीवी, अपांग, कानुन व्यवसायी, भूतपूर्व सैनिक तथा प्रहरी र प्रेस चाैतारी लगायत १४ वटा जनसंगठनका जिल्लास्तरीय अधिवेशन आयाेजना गरी नयाँ नेतृत्व चयन गरिएको छ। त्यस्तै, अनेरास्ववियु विद्यालय, उच्च मावि र क्याम्पसहरूमा पुग्ने अभियानमा सक्रिय भएको छ भने युवाहरू पालिका र वडा तहमा संगठित र सक्रिय बनिरहेका छन।
    उक्त अभियानमा ४२ सय नेता-कार्यकर्ताहरू विभिन्न पार्टी परित्याग गरेर नेकपा (एमाले) मा प्रवेश गरेको समेत एमालेले दाबी गरेको छ । त्यसमध्ये राष्ट्रिय जनमोर्चाका ३१ सय जना नेता कार्यकर्ता एमालेमा प्रवेश गरेको सो पार्टीले जनाएको छ। एमाले प्रवेशकाे याे लहरले प्युठान जिल्लामा राजनीतिक शक्तिसन्तुलनकाे वर्तमान र भावी राजनीतिक परिदृश्य छर्लङ्ग गरेकाे एमाले पोलिट्ब्युरो सदस्य तथा प्यूठान जिल्ला इन्चार्ज सूर्य थापाले बताउनुभयो।
    अभियानका शिलसिलामा एमाले पोलिटव्यूरो सदस्य एवं प्यूठान इन्चार्ज सूर्य थापा,केन्द्रिय सदस्य एवं प्यूठान सहइन्चार्ज हरिप्रसाद रिजाल,पार्टी अध्यक्ष विजयिराज विष्ट र पूर्व अध्यक्ष तुल्सीराम शर्मा सहितका नेताहरु गाउँगाउँ पुग्नुभएको थियो ।
    अभियानका क्रममा ५ हजार पार्टी सदस्य, ४ हजार २ सय नवप्रवेशी र प्रदेश कमिटी सदस्यदेखि टाेल कमिटी सदस्यसम्म समेत १० हजार जनालाई निर्वाचन केन्द्रित अभिमुखीकरण गरिएको छ। नव प्रवेशीहरूमा सबैभन्दा बढी राष्ट्रिय जनमाेर्चाबाट ३ हजार १ सय जना रहेकाे नेकपा एमाले प्युठानले चैत छ गते गरेकाे पत्रकार सम्मेलनमा जानकारी गराइएको छ।

    सोमबार, चैत ०७, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा
    ओलीले पार्टीलाई चरीनाङ्गो बनाए:केन्द्रीय सदस्य सिंह
    स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?
    एमाले महाधिवेशन : पूर्व प्रेस चौतारी अध्यक्ष राजेन्द्र अर्याल केन्द्रीय सदस्यमा उम्मेदवार
    ‘अनाडी सरकारले चुनाव गराउन सक्दैन’- ओलीको चुनौती
    सरकारी मञ्चबाटै पार्टी प्रचारमा मन्त्री घिसिङ

    लोकप्रिय

    • १.
      एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते

    • २.
      राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच

    • ३.
      कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद

    भर्खरै

    • १.
      कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद सम्पन्न

    • २.
      राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह

    • ३.
      एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते ?

    • ४.
      पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

    • ५.
      राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

    • ६.
      ओलीले पार्टीलाई चरीनाङ्गो बनाए:केन्द्रीय सदस्य सिंह

    • ७.
      देवदह नगरपालिकाले इस्मा खुल्ला क्रिकेट उपाधि जित्यो

    • ८.
      स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation