• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, असोज ०७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

संविधान संशोधनका लागि ज्ञानेन्द्र शाहीले अघि सारे प्रदेश खारेजसहितका ४ प्रस्ताव

लोकप्रिय समाचार

  • १. गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा प्रथम

  • २. ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष

  • ३. विपद् व्यवस्थापनका लागि सर्वदलीय संसदीय विशेष समिति गठन गरिने

  • ४. बागमतीमा सुरु भयो ‘हेलो सीएम’ सेवा

  • ५. देवघाटमा १० सुकुम्बासी परिवारलाई लालपुर्जा

  • ६. बागमतीमा १३४ कर्मचारी दरबन्दी घटाइयो

  • ७. पाठ्यक्रम परिमार्जनका लागि देशभरबाट आए यस्ता सुझाव

  • ८. बिग्रिएका सडकको गुनासो दर्ता गर्न ‘सडक सुझाव एप’

  • ९. लोक सेवा आयोगले बुझायो मुख्यमन्त्री आचार्यलाई सातौँ वार्षिक प्रतिवेदन

  • १०. विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

लाली गुराँस फुलेर रेसुङ्गा क्षेत्र राताम्मे


  •   सोमबार, फागुन २३, २०७८ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । यतिबेला गुल्मी जिल्लाको रेसुङ्गा क्षेत्रमा लालीगुराँस फूलेर रमणिय स्थल बनेको छ । लाली गुराँस फूल्ने मौसम सुरु भएसँगै गुराँस नफुल्दा घुम्न आउने पर्यटकहरुको चहलपहल पनि बढेको छ ।
    रेसुङ्गा क्षेत्रको वनैभरि राताम्य फूलेका गुराँससँग रमाउन र फोटो खिचाउन जाने गर्नाले चहलपहल बढने गरेको छ । प्रसिद्ध धार्मिक, ऐतिहासिक एबम् पर्यटकीय स्थल रेसुङ्गामा गुराँस फूलेकाले चहलपहल बढेको हो ।
    रेसुङ्गा क्षेत्रमा फागुन, चैत, बैशाख महीना सम्म गुराँस फूल्ने गर्दछ । धार्मिक तथा पर्यटकीय महत्वसँग जोडिएको रेसुङ्गामा लालीगुराँसका कारण पनि निकै प्रख्यात मानिन्छ ।
    रेसुङ्गा क्षेत्रमा धार्मिकसँगै लाली गुराँसले पनि निकै रमाईलो मय बनेको अघाखाँचीबाट रेसुङ्गा पुगेका बिनिराम घर्तिक्षेत्रीले बताए । उनले रेसुङ्गा क्षेत्रको बनै भरि फूलेका लाली गुराँसले जो कोहिको पनि मन लोभ्याएको बताए ।
    रेसुङ्गा क्षेत्रमा लाली गुराँसका कारण दैनिक जसो आन्तरिक तथा बाह्य पर्यटकको संख्या बृद्धि हुँदै जान थालेको मन्दिरका पुजारी कृष्णप्रसाद पन्थीले बताए । रेसुङ्गा क्षेत्रमा बिभिन्न थरिका लाली गुराँसहरु रहेकाले अहिलेको मौसम निकै रमाइलो मय हुने गरेको बताए ।
    यस क्षेत्र धार्मिकतासँगै पर्यटकीय पनि रहेकाले अहिलेको मौसमा धेरै पर्यटकहरु रेसुङ्गा भ्रमणमा आउने गरेको पन्थीले बताए । रेसुङ्गा क्षेत्रमा भौगोलिक उचाइगत विविधताले ठूलो घना जंगल रहेको यस क्षेत्रमा कालो ऐसेलु, मजिठो, सतुवा, नागबेली सहित १ सय ६१ प्रजातिका जडीबुटिहरु रहेको तथ्याङ्कमा उल्लेख छ ।
    पछिल्लो समय जलवायु परिवर्तनको प्रभावले पनि लालीगुराँस लगायतका अन्य क्षेत्रमा परेको असरले मौसम अगावै र पछि फूल्ने गर्नाले प्रभाव पर्दै जान थालेको छ । रेसुङ्गा क्षेत्रमा ठूला र सुक्न लागेका लालि गुराँसका बोटहरुमा भएकाले पनि संरक्षणको अभाव खडकीन थालेको छ ।
    भएका बोटहरु सुक्दै जाँदै गर्नु र नयाँ बोटहरु बारे चासो नदिनुले पनि लालिगुराँसमा संरक्षणको अभाव खडकीएको हो ।
    धार्मिक पर्यटन
    रेसुङ्गाको शिखरमा त्रेतायुगमा अयोध्याका राजा दशरथका राजकीय ऋषि ऋष्यश्रृंगले तपस्या गरेको र आध्यत्मिक महत्व रहेको जनश्रुति छ । यस क्षेत्रमा धार्मिक र सांस्कृतिक महत्वका स्थलहरु पनि रहेका छन् ।
    धागीथुम,रामकुण्ड, सिद्धस्थान, अर्जुनडाँडा, महापोखरी, यज्ञशाला, गौशाला, साउने शिवालय, जस्ता धार्मिक स्थलहरु यसै संरक्षित वनक्षेत्र भित्र पर्दछन् । यहाँ बिभिन्न अवसरहरुमा पराम्परागत मेलाहरु लाग्ने गर्दछन् । रेसुङ्गा संरक्षित वनको उच्च स्थानमा धवलागिरिदेखि मनास्लुसम्मको हिमश्रृंखला लगायत नौ जिल्लाको दृश्याबलोकन गर्न सकिने भ्यु टावर रहेको छ । यहाँ विद्यार्थीहरुको लागि शैक्षिक भ्रमण,होमस्टे र ग्रामीण पर्यटनको राम्रो सम्भावना रहेको छ ।
    रेसुङ्गामा पैदल मार्ग निर्माण
    धार्मिक तथा पर्यटकीय स्थल रेसुङ्गामा पैदल मार्गमा आकर्षक सिँढी निर्माण गरिएको छ । रेसुङ्गाको पोखरीदेखि भ्यू टावरसम्म पैदल मार्ग सिँढी निर्माण गरिएको हो ।
    पोखरीदेखि भ्यू टावरसम्म कुल ९८० मिटरमा पैदल मार्गमा आकर्षक सिँढी निर्माण गरिएको छ । वाग्लुङको गलकोटबाट ढुङ्गा ल्याएर पैदल मार्ग बनाइएको हो ।
    पैदल मार्गको पोखरी देखि यज्ञशाला ७ सय मिटर सम्म १२ फिटको चौडाईमा तिनवटा रेलिङ्ग राखेर दुई लाइन हिडन मिल्ने गरि निर्माण गरिएको छ । यज्ञशाला देखि रेसुङ्गा भ्युटावर लगायतको ३ सय मिटरको क्षेत्रमा ८ फिट चौडाईमा २ वटा रेलिङ्ग राखेर निर्माण गरिएको छ ।
    सिँढी निर्माण भएसँगै रेसुङ्गा पुग्ने पर्यटकलाई सहज भएको छ । सदरमुकाम तम्घासबाट करिब ३० मिनेट गाडीको यात्रा पछि रेसुङ्गा क्षेत्रको पोखरीसम्म पुगिन्छ।
    पोखरीबाट रेसुङ्गा क्षेत्रको यज्ञशाला भ्युटावर लगायत बिभिन्न मन्दिरहरुमा पुग्न पैदल यात्रा गर्नु पर्दछ । त्यस स्थानमा पुग्न झण्डै २० मिनेट पैदल हिड्न पर्दछ ।
    मन्दिर अबलोकनमा पुग्ने श्रदालु भक्तजनहरुको सहजताका लागि पैदल मार्गे निर्माण गरिएको छ । निकै आर्कषक तरिकाले निर्माण गरिएकाले पैदल हिडनेहरुका लागि सजिलो र मनमोहक बनेको छ ।
    रेसुङ्गा क्षेत्रको पोखरीमा स्नान गरेपछि मुख्य मन्दिर लगायत बिभिन्न स्थलको अबलोकनका लागि यज्ञशाला मन्दिर् जाने गर्दछन् ।
    रेसुङ्गामा वनस्पतिको विविधता
    रेसुङ्गा क्षेत्रको छल्दी खोला किनारको उपोष्णा पछाडी सालको वन,कटुस चीलाउने मिश्रित वन देखि शुद्द खोटेसल्लाको कोणधारी वन र खसु गुराँस मिश्रित समशितोष्ण चौडापाते वन अबलोकन गर्न सकिन्छ ।
    जडिबुटीको विविधता
    यस रेसुङ्गा क्षेत्रमा टिमुर, चिराइतो, कालीकाफल, सुनखरी, पाषणभेद, आकाशेबली, खमला, हर्रो, बर्रो, गानेगुर्जो, सुगन्धवाल, र अन्य गैरकाष्ठ वन पैदवारहरु पाइएको छ । ठूलो घना जंगल रहेको यस क्षेत्रमा कालो ऐसेलु, मजिठो, सतुवा,नागबेली सहित १ सय ६१ प्रजातिका जडीबुटिहरु रहेको डिभिजन वन कार्यालय गुल्मीको तथ्याङ्कमा उल्लेख छ ।
    पारिस्थिकीय प्रणाली र बासस्थान विविधता
    यस संरक्षित वनक्षेत्र समुद्री सतहदेखि ५ सय ७५ देखि २हजार ३ सय ४५ मिटर उचाइसम्म फैलिएको छ । प्रशस्त पानी, उर्वरायुक्त माटो साथै जीवजन्तु वनस्पति र जडीबुटीको विभिन्नताले गर्दा यहाँको पारिस्थिकीय प्रणली र बासस्थानमा पनि प्रशस्त विविधता पाइन्छ । यहाँ स्थलचर,जलचर,उभयचर आदि सबैका बासस्थान भेटिन्छन् । यो क्षेत्र रतुवा,मृग र चितुवाको राम्रो बासस्थानको रुपमा रहेको छ । यहाँ कालिज प्रशस्तै पाइन्छन् ।
    जलाधार क्षेत्रहरु
    रेसुङ्गा वनक्षेत्र यस आसपासको जल आपूर्तिको प्रमुख स्रोतको रुपमा रहेको छ । यस वनक्षेत्रमा रहेका ३ सय ५० भन्दा वढि खानेपानीको मुहान र कुवाबाट वरिपरिका साबिकका ७ गाबिसका ६२ हजार जनसंख्यालाई पिउने पानी र अन्य प्रयोजनका लागि पानी उपलब्ध भइरहेको छ । रेसुङ्गा क्षेत्रको कुल क्षेत्रफल १९ हजार २ सय ८१ दशमलव ३७ हेक्टर रहेको छ । यसको ५० प्रतिशत भाग कृषि क्षेत्र र ४१ प्रतिशत भू–भाग वनक्षेत्रले ढाकेको छ ।
    यो क्षेत्रले कालीगण्डकी जलाधार अन्र्तगत बडिगाढ खोला रसो अन्र्तगत तल्लो छल्दी खोला, जोगीखोला, बलिथुम खोला, रटुकुवा खोला उप–जलाधारहरु समेटेको छ । जल आफूर्ति,भू–संरक्षण र पर्यापर्यटनको दृष्टिकोणबाट यस संरक्षित वनक्षेत्रमा पर्यावरणीय सेवाको प्रशस्त सम्भावना रहेको छ ।
    यस क्षेत्रमा भएका बिभिन्न पानीका मुहान र कुवाहरुको साथसाथै यहाँको उपजलाधारको संरक्षण गरिनु अत्याबश्यक रहेको छ । यस क्षेत्रको भू–गर्भ र जलचक्रको अध्ययन भएमा थप सम्भावनाहरु निकाल्न सकिन्छ ।
    रेसुङ्गाक्षेत्रमा विश्वब्यापी लोपोन्मुख गिद्द सहित २०८ प्रजातिका चराहरु
    गुल्मीको गौरवको रुपमा रहेको धार्मिक तथा ऐतिहासिक पर्यटकिय स्थल जैबिक विविधतामा धनि छ । पंछी संरक्षण संघ नेपालको अभिलेख अनुसार रेसुङ्गा क्षेत्रमा ३ प्रजातिका विश्वब्यापी रुपमा लोपोन्मुख गिद्दको बासस्थान रहेको पाइएको छ ।
    नेपालमा मात्र पाइने रैथाने चरा काँडे भ्याकुर लगायत २ सय ८ प्रजातिका चराहरु भेटिएको तथ्याङ्कमा उल्लेख रहेको छ । धार्मिक,ऐतिहासिक एबं पर्यटकिय स्थल रेसुङ्गमा १ सय ६४ भन्दा बढि प्रकारका वनस्पति रहेको साबिककोे जिल्ला वन कार्यालय र हालको डिभिजन वन कार्यालय गुल्मीको तथ्याङ्कमा उल्लेख रहेको छ ।
    रेसुङ्गा क्षेत्रमा २८ प्रकारका जनावरहरु पाइनुका साथै दुर्लभ तथा महत्वपूर्ण वन्यजन्तुहरुको बासस्थानको रुपमा महत्वपूर्ण रहेको डिभिजन वन कार्यालय गुल्मीले जनाएको छ । यस संरक्षित वनक्षेत्रमा जीवजन्तुको विविधताले भरिपूर्ण रहेको अध्ययनले देखाएको छ ।
    रेसुङ्गा क्षेत्रमा रहेको वन क्षेत्रमा चितुवा,वन बिरालो, रतुवा, मृग, रातो बाँदर, ढेडु, स्याल, खरायो, लोख्रके जस्ता वन्यजन्तुहरुको बासस्थान रहेको डिभिजन वन कार्यालय गुल्मीको तथ्याङ्कमा उल्लेख रहेको छ । धार्मिक तथा ऐतिहासिक क्षेत्र चरा अवलोकनको लागि एक उपयुक्त स्थलको रुपमा रहेको छ ।

    Advertisement

    pdfsam license

    kinemaster download kinemaster kinemaster for pc ativador office 2019

    सोमबार, फागुन २३, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक
    भान्साबाट देश चिनाउने युवराजको सपना
    पाल्पाली ढाका : नेपालीको पहिचान, पर्यटकलाई उपहार
    विदेशको बाटो छाडेर उद्यममा होमिए दुई दाजुभाइ
    खुट्टाले लेखेर ३.४० जिपिए
    संसद्का पाका सांसद अर्जुननरसिंह केसी

    लोकप्रिय

    • १.
      गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा

    • २.
      ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको

    • ३.
      विपद् व्यवस्थापनका लागि सर्वदलीय संसदीय विशेष समिति

    • ४.
      बागमतीमा सुरु भयो ‘हेलो सीएम’ सेवा

    • ५.
      देवघाटमा १० सुकुम्बासी परिवारलाई लालपुर्जा

    • ६.
      बागमतीमा १३४ कर्मचारी दरबन्दी घटाइयो

    भर्खरै

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

    • २.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

    • ३.
      बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

    • ४.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

    • ५.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

    • ६.
      राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

    • ७.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

    • ८.
      नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...