• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, साउन ०६, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

४४औँ वीपी स्मृति दिवस : ‘पुस्तकालयलाई ज्ञान र वैचारिक बहसको केन्द्र बनाउनुपर्छ’

जनकपुरमा मिर्गौला उपचार केन्द्र बनाउन अध्ययन समितिको सिफारिस

सिर्सिया प्रदूषण गर्ने १२ उद्योग कारबाहीमा, प्रति उद्योग १० लाख जरिवाना

भूमिहीन र अव्यवस्थित बसोबासीलाई ३५ दिनभित्र आवेदन दिन सरकारको अन्तिम आह्वान

पूँजीगत खर्च र राजस्व लक्ष्य पूरा गर्न सचिवहरूलाई अर्थमन्त्री वाग्लेको निर्देशन

राप्ती गाउँपालिकाद्वारा ३२७ मजदुरको निःशुल्क दुर्घटना बीमा

विपद्का बेला स्थानीय तहका कर्मचारीलाई कार्यालय नछोड्न मन्त्रालयको निर्देशन

रुपन्देही बालसुधार गृह तत्काल सार्न संसदीय समितिको निर्देशन

नेपाल बाल संगठनमा अनुगमन, २० बालबालिकाको उद्धार

लोकप्रिय समाचार

  • १. नेपाल टेलिभिजनको स्याटेलाइट खरिदमा २० करोडभन्दा बढी हिनामिना

  • २. ‘ध्रुवे’ हात्तीमा रेडियो कलर, बस्ती पस्नुअघि नै सूचना दिइने

  • ३. भारतसँग विद्युत् व्यापार विस्तार, निर्यात क्षमता १,६५० मेगावाट पुग्ने

  • ४. कैलाली–कञ्चनपुरका विमानस्थल सञ्चालन प्रक्रिया अघि बढाउने सहमति

  • ५. विद्युतीय पूर्वाधारमा ८० अर्ब लगानी, १२ प्रसारण लाइन सम्पन्न गर्ने सरकारको लक्ष्य

  • ६. श्रीलंकामा प्रचण्डले प्रस्तुत गरे समाजवादको राजनीतिक रूपरेखा

  • ७. स्वदेशमै ३६ प्रकारका अत्यावश्यक औषधि उत्पादन गर्ने सरकारको तयारी

  • ८. स्वदेशी जुत्ता–चप्पल उद्योगलाई नीतिगत सहजीकरण गर्ने प्रधानमन्त्री शाहको प्रतिबद्धता

  • ९. लक्ष्यभन्दा बढी मुद्दा फर्छ्यौट, दैलेख अदालतमा पुराना मुद्दा शून्य

  • १०. मुक्त कमैयाको पुनर्स्थापना अधुरो, फेरि दासतामा फर्किने जोखिम : डिल्लीबहादुर चौधरी

दलालले ठगे, माटोले साथ दियो


  •   बुधबार, साउन ०१, २०८२ मा प्रकाशित
  • प्युठान। विदेश जाने रहर थियो। १२ वर्षअघि, २०६७ सालमा गाउँकै भृकुटी माविबाट एसएलसी उत्तीर्ण गरेका ३२ वर्षीय पदम केसीले बालशिक्षा मच्छीबाट प्लस टु सकेपछि क्यानडा जान दलालमार्फत प्रयास गर्नुभयो। तर सपना त परै जाओस्, साथमा भएको पैसा समेत गुम्यो।
    प्युठानको गौमुखी गाउँपालिका–६, लिवाङका केसीका लागि यही धोका जीवनको टर्निङ पोइन्ट बन्यो। अहिले उहाँ जिल्लामै सफल कृषकका रूपमा चिनिनुहुन्छ।
    गाउँ फर्किएपछि केही समय विद्यालयमा पढाउनुभयो, सडक विभागमा करार सेवामा पनि काम गर्नुभयो। स–साना काम गर्दैगर्दा दीर्घकालीन भविष्य भने कृषिमा देख्नुभयो। कृषि ज्ञान केन्द्रबाट तालिम लिएपछि योजना बनाएर २०७३ सालमा बाख्रापालन सुरु गर्नुभयो।
    ८० हजार रुपैयाँबाट सुरु भएको बाख्रापालन र नर्सरी व्यवसाय अहिले ५० लाख नाघेको छ।
    “त्यो बेला ठगिएँ,” केसी सम्झनुहुन्छ, “अहिले मलाई गाउँमै टिकेर बाँच्न सकिन्छ भन्ने आत्मविश्वास छ।”
    पछि ‘केसी बाख्रा तथा कृषि फर्म’ दर्ता गर्नुभयो। उहाँको खोरमा अहिले बोयर जातका ३५ वटा बाख्रा छन्, जसमध्ये १२ लाख रुपैयाँ बराबरको बीमा गरिएको छ। तीन वर्षपछि सुरु गरिएको नर्सरीमा अहिले फलफूल, घाँस र जडीबुटीका विरुवा उत्पादन हुन्छन्। १ लाखभन्दा बढी बेर्ना तयारी अवस्थामा छन्। जिल्लाभित्र मात्र होइन, बाहिरसमेत माग बढ्दो छ।
    यो वर्षदेखि सुन्तला खेतीमा पनि अग्रसर हुनुभएको छ। उहाँले २०० सुन्तलाको बिरुवा रोपिसक्नुभएको छ। आगामी वर्षदेखि यो खेतीलाई अझ विस्तार गर्ने योजना रहेको जानकारी दिनुभयो।
    “बाख्रापालनमा मुनाफा कम, खर्च धेरै छ,” उहाँले भन्नुभयो, “तर नर्सरीमा सम्भावना धेरै देखिएको छ।”
    ७८ वर्षीय बुवा, ७५ वर्षीया आमा र श्रीमती मिठाकुमारीको साथमा फर्म सञ्चालन गर्दै आएका केसी एक छोरा र एक छोरीका बाबु पनि हुनुहुन्छ। बजार व्यवस्थापन, तालिम र सामाजिक समन्वयमा पनि उहाँ सक्रिय रहनुहुन्छ। “घरमा बाबुआमा हुनुहुन्छ, म बाहिरी काममा लाग्न पाएको छु,” उहाँले भन्नुभयो।
    विदेशमा रहेका दाजुभाइभन्दा फरक बाटो रोजेका केसी प्युठान जिल्लाकै उदाहरणीय कृषक बन्नुभएको छ।
    “मेहनत, योजना र लगन भयो भने गाउँमै धेरै गर्न सकिन्छ,” उहाँले भन्नुभयो, “अब युवालाई काम गर्न हौस्याउने स्पष्ट नीति चाहिन्छ।”

    Advertisement

    बुधबार, साउन ०१, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाल टेलिभिजनको स्याटेलाइट खरिदमा २० करोडभन्दा बढी हिनामिना
    विद्युतीय पूर्वाधारमा ८० अर्ब लगानी, १२ प्रसारण लाइन सम्पन्न गर्ने सरकारको लक्ष्य
    भारतसँग विद्युत् व्यापार विस्तार, निर्यात क्षमता १,६५० मेगावाट पुग्ने
    विदेशको बाटो छाडेर उद्यममा होमिए दुई दाजुभाइ
    वैदेशिक रोजगारका श्रमिकका ३ हजार बढी छोराछोरीलाई छात्रवृत्ति
    राष्ट्रिय गौरवका सिँचाइ आयोजना अब डिजिटल निगरानीमा

    लोकप्रिय

    • १.
      नेपाल टेलिभिजनको स्याटेलाइट खरिदमा २० करोडभन्दा बढी

    • २.
      ‘ध्रुवे’ हात्तीमा रेडियो कलर, बस्ती पस्नुअघि नै

    • ३.
      भारतसँग विद्युत् व्यापार विस्तार, निर्यात क्षमता १,६५०

    • ४.
      कैलाली–कञ्चनपुरका विमानस्थल सञ्चालन प्रक्रिया अघि बढाउने सहमति

    • ५.
      विद्युतीय पूर्वाधारमा ८० अर्ब लगानी, १२ प्रसारण

    • ६.
      श्रीलंकामा प्रचण्डले प्रस्तुत गरे समाजवादको राजनीतिक रूपरेखा

    भर्खरै

    • १.
      ४४औँ वीपी स्मृति दिवस : ‘पुस्तकालयलाई ज्ञान र वैचारिक बहसको केन्द्र बनाउनुपर्छ’

    • २.
      जनकपुरमा मिर्गौला उपचार केन्द्र बनाउन अध्ययन समितिको सिफारिस

    • ३.
      सिर्सिया प्रदूषण गर्ने १२ उद्योग कारबाहीमा, प्रति उद्योग १० लाख जरिवाना

    • ४.
      भूमिहीन र अव्यवस्थित बसोबासीलाई ३५ दिनभित्र आवेदन दिन सरकारको अन्तिम आह्वान

    • ५.
      पूँजीगत खर्च र राजस्व लक्ष्य पूरा गर्न सचिवहरूलाई अर्थमन्त्री वाग्लेको निर्देशन

    • ६.
      राप्ती गाउँपालिकाद्वारा ३२७ मजदुरको निःशुल्क दुर्घटना बीमा

    • ७.
      विपद्का बेला स्थानीय तहका कर्मचारीलाई कार्यालय नछोड्न मन्त्रालयको निर्देशन

    • ८.
      रुपन्देही बालसुधार गृह तत्काल सार्न संसदीय समितिको निर्देशन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation