• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज ०४, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

जेनजी आन्दोलनमा षड्यन्त्रपूर्वक संरचना ध्वस्त पारियो : गौतम

कांग्रेस गुल्मीका कार्यकर्ताद्वारा विशेष महाधिवेशनको माग

संविधान दिवसमा गुल्मी काँग्रेसद्वारा प्रभातफेरि

लेकवेशीमा सरकारी गाडी कार्यालयमै राख्नुपर्ने

युवा पुस्ताको सोचअनुसार कार्यशैली बदल्नुपर्छ : मुख्यमन्त्री आचार्य

संविधान कार्यान्वयनबाटै मुलुकले निकास पाउछ: मुख्यमन्त्री आचार्य

जनमुखी सेवा प्रवाहमा ध्यान दिनुस: मुख्यमन्त्री आचार्य

वडाध्यक्षद्वारा प्रिन्टर र इलेक्ट्रोनिक हाजिरी मेसिन तोडफोड

मृत अवस्थामा शव फेला परे

लोकप्रिय समाचार

  • १. पछिल्लो घटनाक्रम बारे पत्रकार महासंघको जिल्ला अध्यक्षसँग संवाद

  • २. धुलो टकटकाउँदै फेरि उठ्नेछौं

  • ३. काठमाडौंका विद्यालय सोमबारदेखि खुल्ने

  • ४. लुम्बिनी प्रदेश : संविधान दिवस मनाइने

  • ५. जनमुखी सेवा प्रवाहमा ध्यान दिनुस: मुख्यमन्त्री आचार्य

  • ६. संविधान कार्यान्वयनबाटै मुलुकले निकास पाउछ: मुख्यमन्त्री आचार्य

  • ७. दाङमा एनआईसी एसिया बैंक सिसहनियाँ शाखामा नक्कली नोट फेला

  • ८. गुल्मीमा बिषालु च्याउ खाँदा एकै परिवारका ५ सहित ६ जना बिरामी

  • ९. सवारी दुर्घटनामा दुई जनाको मृत्यु

  • १०. वडाध्यक्षद्वारा प्रिन्टर र इलेक्ट्रोनिक हाजिरी मेसिन तोडफोड

हराउँदै गएका प्युठानका ‘कोट’हरू: सत्ताबाट सम्पदासम्मको यात्रा


  •   सोमबार, जेठ १३, २०८२ मा प्रकाशित
  • प्युठानका अग्ला टाकुरामा आज मन्दिरहरू छन्। तर यिनै स्थान कुनै समय राजा बस्ने ‘कोट’हरू थिए—जहाँ भाला, खुकुरी, तोपसहितका सेना तैनाथ हुन्थे। ती कोटहरूबाट शासन चलाईन्थ्यो , रणनीति बनाईथ्यो।
    तर आज ती गढहरू हराउँदै छन्।

    Advertisement

    ३८ कोट, इतिहासको गहना

    बाइसे–चौबिसे राज्यकालमा भुरे राजाहरूले अग्लो ठाउँ छानेर बनाएआ कोटहरू न केवल सत्ता सञ्चालनको केन्द्र थिए, राजा–रजौटाको सोच, सुरक्षा रणनीति र धार्मिक विश्वासका प्रतीक पनि थिए।
    अनुसन्धानकर्ताहरूका अनुसार प्युठानमा माझकोट, डाम्री, खैरा, भिङ्री, सारी, तुषारा जस्ता ३८ वटा कोट पहिचानमा आइसकेका छन्। तीमध्ये भित्रिकोट, बिजुलिकोट, बाँदिकोट, ओखरकोट, उदयपुरकोट र नारिकोट शक्तिसाली मानिन्छन्।
    दक्षिणबाट हुने सम्भावित आक्रमण रोक्न सरुमारानीको ढुङ्गेगढी निर्माण गरिएको थियो।

    शक्तिशाली शासक, हराएका हस्ताक्षर

    अनुसन्धानकर्ता डा. भोजविक्रम बुढामगरका अनुसार यी कोटहरू १४औं–१५औं शताब्दीमा निर्माण भएका हुन्। “धेरै कोटमा मगर शासकहरूको प्रभाव देखिन्छ,” उनी भन्छन्, “ समयकाल अनुसार कतै जिम्माल, कतै मुखिया त कतै भुरे राजाहरूले कोटहरुबाट राज्य चलाएको देखिन्छ ।”
    “कोटहरू शासनको मेरुदण्ड थिए” उनले भने।
    नेपाल एकीकरणपछि यी कोटहरूको राजनीतिक महत्त्व घट्यो। तर धार्मिक महत्त्व अझै बाँकी छ।
    कतिपय कोटमा दरबार र सभाकक्षका भग्नावशेष छन्। केही कोटको नाम मात्र बाँकी छ। धेरैजसो अहिले मन्दिरमा परिणत भएका छन्। दशैंमा पूजा, सराय मेला र फूलपातीको परम्परा जीवित छ।

    डा. गीतु गिरी भन्छन्, “शत्रुको आक्रमण रोक्न देवी र खड्गको पूजा गर्ने चलन सुरु भयो।” उनका अनुसार भित्रिकोट चन्द राजाहरूको राजधानी थियो। चन्दभन्दा अगाडि त्यहाँ रोल्पाबाट आएका मगर शासक थिए। सत्रौं शताब्दीमा चन्दवंशी लटराजले प्युठानमा शासन गरेका थिए। उनका पालामा प्युठानमा १६ हजार घरधुरी थिए। वि.सं. १८४३ मा राजा मोतिचन्दको शासन अन्त्यसँगै प्युठान नेपालमा गाभियो।

    ब्राह्मण राजा, हराएको राजदण्ड

    उदयपुरकोटमा वि.सं. १५७५–१६०२ सम्म ब्राह्मण राजा जसुधर अधिकारीले शासन चलाए। उनका वंशज शान्तराज अधिकारी वि.सं. २०१७ सम्म ‘राजा’ को रूपमा चिनिन्थे।

    ओखरकोटमा त हतियार नै बनिन्थे। जनश्रुतिअनुसार राजा जाट मगरपछि परश घर्ती सत्तामा आए। तर वि.सं. २०७२ मा त्यहाँको ऐतिहासिक राजदण्ड चोरी भयो। अन्य हतियार पनि हराइसकेका छन्। अहिले दरबार र सभाकक्षका भग्नावशेष मात्र छन्।

    संरक्षणका प्रयास, तर बजेट अभाव

    माण्डवी–४ का मदन अधिकारीले मेला, पूजा गर्दै स्थानिय बासिन्दाहरु कोट बचाउने प्रयासमा रहेको बताए। “तर अब यी स्थललाई पर्यटकीय गन्तव्य बनाउनु पर्छ,” उनी भन्छन्।
    सरुमारानीको ढुङ्गेगढी पुनःनिर्माणको जिम्मा नेपाली सेनाले लिएको छ।
    प्युठान नगरपालिकाले भित्रिकोट पुनर्निर्माणमा ५ करोड रुपैयाँ खर्च गरिसकेको छ। दरबार पुनःनिर्माण भइसकेको छ। तर २२ करोड रुपैयाँको DPR तयार भएर पनि बजेट पर्खाइमै छ।
    उदयपुरकोटमा दरबार, मन्दिर, फाउन्टेन र संग्रहालय निर्माणमा माण्डवी गाउँपालिकाले २ करोड ५८ लाख रुपैयाँ खर्च गरिसकेको छ। सत्र पुस्ताका राजाहरूको नाम अंकित स्तम्भ निर्माणाधीन छ।
    झिमरुक गाउँपालिकाले वादीकोट–ओखरकोट क्षेत्रलाई धार्मिक–पर्यटकीय गन्तव्य बनाउने योजना अघि सारेको छ। उपाध्यक्ष प्रमोद पोखरेलका अनुसार ५० लाख बजेट अघिल्लो वर्ष नै विनियोजन भएको थियो।

    सोमबार, जेठ १३, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    धुलो टकटकाउँदै फेरि उठ्नेछौं
    विराटनगरले पायो छैटौं प्रधानमन्त्री
    जागीर छोडेर गाउँमै बाख्रापालनमा सफलता पाएका रविन्द्र
    लुम्बिनी–गण्डकी मुख्यमन्त्रीस्तरीय बैठक : सहकार्यका ९ निर्णय पारित
    लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को बैठक : राजधानी क्षेत्रको जग्गा शर्तसहित फुकुवा गर्ने निर्णय
    संस्थागत क्षमतामा सरुमारानी जिल्लाकै नम्बर १

    लोकप्रिय

    • १.
      पछिल्लो घटनाक्रम बारे पत्रकार महासंघको जिल्ला अध्यक्षसँग

    • २.
      धुलो टकटकाउँदै फेरि उठ्नेछौं

    • ३.
      काठमाडौंका विद्यालय सोमबारदेखि खुल्ने

    • ४.
      लुम्बिनी प्रदेश : संविधान दिवस मनाइने

    • ५.
      जनमुखी सेवा प्रवाहमा ध्यान दिनुस: मुख्यमन्त्री आचार्य

    • ६.
      संविधान कार्यान्वयनबाटै मुलुकले निकास पाउछ: मुख्यमन्त्री आचार्य

    भर्खरै

    • १.
      जेनजी आन्दोलनमा षड्यन्त्रपूर्वक संरचना ध्वस्त पारियो : गौतम

    • २.
      कांग्रेस गुल्मीका कार्यकर्ताद्वारा विशेष महाधिवेशनको माग

    • ३.
      संविधान दिवसमा गुल्मी काँग्रेसद्वारा प्रभातफेरि

    • ४.
      लेकवेशीमा सरकारी गाडी कार्यालयमै राख्नुपर्ने

    • ५.
      युवा पुस्ताको सोचअनुसार कार्यशैली बदल्नुपर्छ : मुख्यमन्त्री आचार्य

    • ६.
      संविधान कार्यान्वयनबाटै मुलुकले निकास पाउछ: मुख्यमन्त्री आचार्य

    • ७.
      जनमुखी सेवा प्रवाहमा ध्यान दिनुस: मुख्यमन्त्री आचार्य

    • ८.
      वडाध्यक्षद्वारा प्रिन्टर र इलेक्ट्रोनिक हाजिरी मेसिन तोडफोड

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation