• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज १९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

दसैँ–तिहारमा घरको याद, बिनय र शान्ति श्रीको स्वरमा पोखियो परदेशीको पीडा

५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

स्थानीय निर्वाचनका लागि रास्वपाले बनायो उम्मेदवार छनोट समिति

१२ प्रसारण लाइनको काम यसै वर्ष सक्ने लक्ष्य

कुलेखानी पुगेर ऊर्जामन्त्रीले भने– ‘बाँध सुरक्षित छ, सुख्खायाममा सहज हुन्छ’

कुष्ठरोग पहिचानका लागि लुम्बिनीका सबै जिल्लामा छाला स्क्रिनिङ अभियान

लोकप्रिय समाचार

  • १. प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

  • २. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • ३. टिमुरेको टेलिफोन टावरमा सोलार जडान

  • ४. तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

  • ५. कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

  • ६. पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

  • ७. लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

  • ८. प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

  • ९. प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

  • १०. वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

हराउँदै गएका प्युठानका ‘कोट’हरू: सत्ताबाट सम्पदासम्मको यात्रा


  •   सोमबार, जेठ १३, २०८२ मा प्रकाशित
  • प्युठानका अग्ला टाकुरामा आज मन्दिरहरू छन्। तर यिनै स्थान कुनै समय राजा बस्ने ‘कोट’हरू थिए—जहाँ भाला, खुकुरी, तोपसहितका सेना तैनाथ हुन्थे। ती कोटहरूबाट शासन चलाईन्थ्यो , रणनीति बनाईथ्यो।
    तर आज ती गढहरू हराउँदै छन्।

    Advertisement

    ३८ कोट, इतिहासको गहना

    बाइसे–चौबिसे राज्यकालमा भुरे राजाहरूले अग्लो ठाउँ छानेर बनाएआ कोटहरू न केवल सत्ता सञ्चालनको केन्द्र थिए, राजा–रजौटाको सोच, सुरक्षा रणनीति र धार्मिक विश्वासका प्रतीक पनि थिए।
    अनुसन्धानकर्ताहरूका अनुसार प्युठानमा माझकोट, डाम्री, खैरा, भिङ्री, सारी, तुषारा जस्ता ३८ वटा कोट पहिचानमा आइसकेका छन्। तीमध्ये भित्रिकोट, बिजुलिकोट, बाँदिकोट, ओखरकोट, उदयपुरकोट र नारिकोट शक्तिसाली मानिन्छन्।
    दक्षिणबाट हुने सम्भावित आक्रमण रोक्न सरुमारानीको ढुङ्गेगढी निर्माण गरिएको थियो।

    शक्तिशाली शासक, हराएका हस्ताक्षर

    अनुसन्धानकर्ता डा. भोजविक्रम बुढामगरका अनुसार यी कोटहरू १४औं–१५औं शताब्दीमा निर्माण भएका हुन्। “धेरै कोटमा मगर शासकहरूको प्रभाव देखिन्छ,” उनी भन्छन्, “ समयकाल अनुसार कतै जिम्माल, कतै मुखिया त कतै भुरे राजाहरूले कोटहरुबाट राज्य चलाएको देखिन्छ ।”
    “कोटहरू शासनको मेरुदण्ड थिए” उनले भने।
    नेपाल एकीकरणपछि यी कोटहरूको राजनीतिक महत्त्व घट्यो। तर धार्मिक महत्त्व अझै बाँकी छ।
    कतिपय कोटमा दरबार र सभाकक्षका भग्नावशेष छन्। केही कोटको नाम मात्र बाँकी छ। धेरैजसो अहिले मन्दिरमा परिणत भएका छन्। दशैंमा पूजा, सराय मेला र फूलपातीको परम्परा जीवित छ।

    डा. गीतु गिरी भन्छन्, “शत्रुको आक्रमण रोक्न देवी र खड्गको पूजा गर्ने चलन सुरु भयो।” उनका अनुसार भित्रिकोट चन्द राजाहरूको राजधानी थियो। चन्दभन्दा अगाडि त्यहाँ रोल्पाबाट आएका मगर शासक थिए। सत्रौं शताब्दीमा चन्दवंशी लटराजले प्युठानमा शासन गरेका थिए। उनका पालामा प्युठानमा १६ हजार घरधुरी थिए। वि.सं. १८४३ मा राजा मोतिचन्दको शासन अन्त्यसँगै प्युठान नेपालमा गाभियो।

    ब्राह्मण राजा, हराएको राजदण्ड

    उदयपुरकोटमा वि.सं. १५७५–१६०२ सम्म ब्राह्मण राजा जसुधर अधिकारीले शासन चलाए। उनका वंशज शान्तराज अधिकारी वि.सं. २०१७ सम्म ‘राजा’ को रूपमा चिनिन्थे।

    ओखरकोटमा त हतियार नै बनिन्थे। जनश्रुतिअनुसार राजा जाट मगरपछि परश घर्ती सत्तामा आए। तर वि.सं. २०७२ मा त्यहाँको ऐतिहासिक राजदण्ड चोरी भयो। अन्य हतियार पनि हराइसकेका छन्। अहिले दरबार र सभाकक्षका भग्नावशेष मात्र छन्।

    संरक्षणका प्रयास, तर बजेट अभाव

    माण्डवी–४ का मदन अधिकारीले मेला, पूजा गर्दै स्थानिय बासिन्दाहरु कोट बचाउने प्रयासमा रहेको बताए। “तर अब यी स्थललाई पर्यटकीय गन्तव्य बनाउनु पर्छ,” उनी भन्छन्।
    सरुमारानीको ढुङ्गेगढी पुनःनिर्माणको जिम्मा नेपाली सेनाले लिएको छ।
    प्युठान नगरपालिकाले भित्रिकोट पुनर्निर्माणमा ५ करोड रुपैयाँ खर्च गरिसकेको छ। दरबार पुनःनिर्माण भइसकेको छ। तर २२ करोड रुपैयाँको DPR तयार भएर पनि बजेट पर्खाइमै छ।
    उदयपुरकोटमा दरबार, मन्दिर, फाउन्टेन र संग्रहालय निर्माणमा माण्डवी गाउँपालिकाले २ करोड ५८ लाख रुपैयाँ खर्च गरिसकेको छ। सत्र पुस्ताका राजाहरूको नाम अंकित स्तम्भ निर्माणाधीन छ।
    झिमरुक गाउँपालिकाले वादीकोट–ओखरकोट क्षेत्रलाई धार्मिक–पर्यटकीय गन्तव्य बनाउने योजना अघि सारेको छ। उपाध्यक्ष प्रमोद पोखरेलका अनुसार ५० लाख बजेट अघिल्लो वर्ष नै विनियोजन भएको थियो।

    सोमबार, जेठ १३, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा
    सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?
    भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • २.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • ३.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    • ४.
      तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन

    • ५.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • ६.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    भर्खरै

    • १.
      दसैँ–तिहारमा घरको याद, बिनय र शान्ति श्रीको स्वरमा पोखियो परदेशीको पीडा

    • २.
      ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

    • ३.
      स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

    • ४.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

    • ५.
      हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

    • ६.
      स्थानीय निर्वाचनका लागि रास्वपाले बनायो उम्मेदवार छनोट समिति

    • ७.
      १२ प्रसारण लाइनको काम यसै वर्ष सक्ने लक्ष्य

    • ८.
      कुलेखानी पुगेर ऊर्जामन्त्रीले भने– ‘बाँध सुरक्षित छ, सुख्खायाममा सहज हुन्छ’

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation