विराटनगर। प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले आज मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । मुख्यमन्त्री राईले नेपालको संविधानको धारा १६८ को उपधारा ९ बमोजिम मन्त्री पदमा नियुक्ति, हेरफेरसँगै मन्त्रिपरिषद् विस्तार गर्नुभएको ।
नवनियुक्त मन्त्रीहरूको आज नै सपथग्रहण सम्पन्न भएको छ । उहाँहरूलाई प्रदेश नं.१ का प्रदेश प्रमुख पर्शुराम खापुङले सपथग्रहण गराउनुभएको हो ।
मुख्य मन्त्री राइले यसअघिको सात सदस्यीय मन्त्रिमण्डललाई विस्तार गर्दै १३ सदस्यीय पुर्याउनुभएको हो ।
नयाँ मन्त्रिपरिषद्मा नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादीको तर्फबाट तीन/तीन र माओवादी केन्द्रको तर्फबाट दुईजना मन्त्री बन्नुभएको छ । थपिने मन्त्रीमा कांग्रेसको तर्फबाट मोरङका शेखरचन्द्र थापा, झापाका ओम सरावगी र ताप्लेजुङका प्रताप प्रकाश हाङमाङ रहनुभएको छ ।
विस्तारित मन्त्रिपषिद्मा मन्त्री पदमा नियुक्ति, हेरफेर र कार्यविभाजन यस्तो छः