माधव खनाल, अर्घाखाँची। अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाको अध्यक्षमा हिमाल खनाल चयन भएका छन । भर्चुअल माध्यम (जुम ) बाट सोमबार सम्पन्न मञ्चको छैठौ अधिवेसनले खनालको नेतृत्वमा २६ सदसिय नया कार्यसमिति चयन गरेको हो।
मञ्चको बरिष्ठ उपाध्यक्षमा टिकाराम पोखरेल , उपाध्यक्षहरुमा जीवन आचार्य ,रुद्र पौडेल र धर्मराज घिमिरे चुनिएका छन। महासचिवमा दिपक खनाल, सचिबमा बाबुराम पोखरेल, माधव खनाल र नन्दराम पौडेल रहेका छन। त्यस्तै, मञ्चको कोषाध्यक्षमा ठाकुर खनाल र सहकोषाध्यक्षमा योगेश भुसाललाई चयन गरिएको अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाले जानकारी दिएको छ।
Advertisement