• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असोज २९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

  • ३. एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

  • ४. पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

  • ५. गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

  • ६. स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

  • ७. दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

  • ८. राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

  • ९. रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

  • १०. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

पर्यटकीय गन्तव्य बन्दै पाल्पाको तालपोखरा


  •   सोमबार, माघ १७, २०७८ मा प्रकाशित
  • पाल्पा । पाल्पाको तालपोखरा आकर्षक पर्यटकीय गन्तव्य बन्दै गएको छ । कोभिडकै बीच पछिल्लो समय यहाँ आउने आन्तरिक पर्यटकको संख्या बढ्दै गएको छ ।

    Advertisement

    पाल्पाको सदरमुकाम तानसेनबाट करीब ६५ किलोमिटर पूर्वमा अवस्थित तालपोखरालाई पर्यटकीय क्षेत्रको रूपमा विकास गरिएपछि यहाँ आउने आन्तरिक पर्यटक ह्वात्तै बढेका हुन् । अहिले दैनिक ४०० हाराहारीमा पर्यटक आउने गरेको डुंगा चालक भगवान देवकोटा बताउँछन् । ‘माघे संक्रान्तिपछि यहाँ आउने मानिस दिनहुँ बढेका छन्, हामीलाई पनि डुंगा चलाउने काम पुगेकै छ,’ उहाँले भन्नुभयो ।

    ताल वरपर डुंगामा घुम्न प्रतिव्यक्ति रू। ५० शुल्क लाग्छ । यहाँ हाल काठका दुईसहित तीन ओटा डुंगा सञ्चालनमा छन् । विशेषगरी तालपोखरामा युवायुवती र बालबालिका डुंगा शयर गर्दै सेल्फीमा रमाउने, भिडियो तथा टिकटक बनाउने र फोटो खिचाउनेको भीड लाग्छ ।

    १०० पर्यटकीय गन्तव्यस्थलमा समेटिएको तालपोखरामा हालसालै विभिन्न पूर्वाधार निर्माण तथा स्तरोन्नति सम्पन्न गरिएपछि यसको सुन्दरताले पर्यटकलाई लोभ्याएको छ । कोरोना कहरमा केही समय बन्द गरिए पनि अहिले भने नियमित रूपमा डुंगा चलिरहेको छ । डुंगा शयर गर्न विभिन्न ठाउँबाट मानिसहरू तालपोखरा आउने गरेको तालपोखरा संरक्षण समितिका सदस्य जनक भण्डारीले बताएउनुभयो ।

    अहिले मिनी फेवातालको रूपमा परिचित बनेको छ, ‘तालपोखरा । पोखराको फेवातालको झल्को दिनेगरी पर्यटकीय पूर्वाधारका कार्य भएपछि अहिले रामपुरको पर्यटन विकासमा यसले योगदान दिएको स्थानीय प्रदीप पाण्डेयले बताउनुभयो ।

    प्रयोगमा नआउने सामान्य खाडलजस्तो जमिनलाई तालको रूपमा विकास गरी पर्यटकीय क्षेत्र बनाइएको तालपोखरा संरक्षण समितिका अध्यक्ष सागरप्रसाद देवकोटाले बताउनुभयो । ‘एक दशकदेखि तल्लीन भएर समितिले भौतिक पूर्वाधारका काम गरिरहेको छ, काम गर्ने मनसाय भयो भने बजेट पनि विभिन्न ठाउँबाट उपलब्ध हुने रहेछ’, अध्यक्ष देवकोटाले भन्नुभयो । उहाँका अनुसार हालसम्म विभिन्न क्षेत्रको सहयोगमा पर्यटकीय पूर्वाधार विकासमा तीन करोड ५० लाख बढी रकम खर्च भइसकेको छ ।

    फेवातालको झल्कोस्वरूप तालको बीचमा मन्दिर निर्माण गरिएको छ । यहाँ २०७४ माघ २४ गतेदेखि डुंगा सञ्चालन शुरू गरिएको हो । कोरोनाको कहर शुरू भएपछि स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै डुंगा सञ्चालन बन्द गरिएकोमा गत असोजदेखि भने नियमित छ । करीब ४५ रोपनी क्षेत्रफलमा ताल फैलिएको छ । तालको बीच भागमा जलेश्वर महादेवको मन्दिर छ । ताल वरिपरि घेराबार, प्रवेशद्वार, पर्यटकका निम्ति फोटो खिचाउन तालको आडैमा सेल्फी जोनको व्यवस्था छ । ताल र पार्कसहित करीब ७५ रोपनी क्षेत्रफल तालपोखरा समितिको नाममा छ । पार्कमा विभिन्न कार्यक्रम, वनभोज हुन्छ । वर्षायामको पानी जम्मा हुने पोखरीलाई विकास गरी तालको रूपमा परिणत गरिएको हो ।

    सोमबार, माघ १७, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण
    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा
    स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु
    व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता
    हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ३.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • ४.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी

    • ५.
      गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग

    • ६.
      स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

    भर्खरै

    • १.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • २.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ३.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • ४.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ५.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ६.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ७.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ८.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation