• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, माघ ०५, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

एमालेले लुम्बिनी प्रदेशभर डिजिटल युवा दस्ता गठन गर्ने

सिन्धुलीस्थित एसबीआई बैंक लुटपाटमा संलग्न ७ जना पक्राउ, योजनाकार घरधनी नै

नेपाली कांग्रेसको गगन थापा समूहलाई निर्वाचन आयोगको मान्यता

घोराही-तुलसीपुर चारलेन सडकको प्रगति अनुगमन गर्न महासचिव पोखरेल निर्माणस्थलमा

जनताको अधिकारका लागि संघर्ष जारी छ : केपी ओली

रैथाने अन्नबाली खरिद गर्दै गाउँपालिका

अमेरिकी आप्रवासी भिसामा अस्थायी रोक : नेपालसहित ७५ देश प्रभावित

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन : गगन थापा निर्विरोध सभापति

‘बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’को अध्यक्षमा निग्मा नियुक्त

लोकप्रिय समाचार

  • १. ११ औं खिचरा महोत्सव: २०८२ चितवनमा सुरू

  • २. जनताको अधिकारका लागि संघर्ष जारी छ : केपी ओली

  • ३. औद्योगिक प्रयोजनका लागि मात्रै केराउ, सुपारी र मरिच आयात खुला

  • ४. रैथाने अन्नबाली खरिद गर्दै गाउँपालिका

  • ५. नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन : गगन थापा निर्विरोध सभापति

  • ६. कर्णालीका रैथाने अन्नबालीको निर्यात बढ्दै

  • ७. सिन्धुलीस्थित एसबीआई बैंक लुटपाटमा संलग्न ७ जना पक्राउ, योजनाकार घरधनी नै

  • ८. जिल्ला प्रशासन रामेछापको पहल : गाउँ-गाउँमा सार्वजनिक सुनुवाइ

  • ९. एमालेले लुम्बिनी प्रदेशभर डिजिटल युवा दस्ता गठन गर्ने

  • १०. अमेरिकी आप्रवासी भिसामा अस्थायी रोक : नेपालसहित ७५ देश प्रभावित

गुल्मीमा एकै दिन ३५ जनामा कोरोना संक्रमण पुष्टि


  •   मङ्गलबार, माघ ०४, २०७८ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । मंगलवार गुल्मी जिल्लामा एकै दिन ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा गुल्मीमा आज ३५ जनामा कोरोना सङक्रमण पुष्टि भएको  स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ । ६३ मा गरिएको परिक्षणमा ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
    जिल्लाको रेसुङ्गा नगरपालिकामा ६ जना, कालीगण्डकी गाउँपालिकामा ११ जना, चन्द्रकोट गाउँपालिका, इस्मा गाउँपालिकामा १÷१ जना, सत्यवती गाउँपालिकामा ४ जनामा संक्रमण पुष्टी भएको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ । रुरु गाउँपालिकामा ३ जना,छत्रकोट गाउँपालिकामा ८ जना र धुर्कोट गाउँपालिकामा १ जना पिसिआर गरि ३५ जनामा संक्रमण पुष्टि भएको छ ।
    जिल्लामा सक्रिय संक्रमितको संख्या ६० जना रहेको छ । कोारोनाको दोस्रो लहरबाट ९७ जनाको मृत्यु भएको छ । हालसम्म यस जिल्लामा १ लाख ३५ हजार ६४६ जनाले पहिलो मात्रा र ६२ हजार ४२१ जनाले दोस्रो मात्राको खोप लगाएका छन ।
    गुल्मीमा बिद्यालयको पठनपाठन र मेला महोत्सवमा रोक
    जिल्ला स्तरिय कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र गुल्मीले पुस २९ गतेबाट सम्पूर्ण बिद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरेको छ । जिल्लाको परिस्थती अनुसार डिसिएमसीले कार्यान्वयन गर्ने भएकाले जिल्लामा कोभिड संक्रमण बढ्दै गएकाले बन्द गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेलले जानकारी दिए ।
    सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला हुने गरी मेला, भेला तथा महोत्सव नगर्ने नगराउने निर्णय पनि बैठकले गरेको छ । माघ ७ गतेदेखि सार्वजनिक सेवा प्राप्त गर्दा र सार्वजनिक स्थलहरुमा प्रवेश गर्दा कोभिड विरुद्धको खोप लगाएको कार्ड (मोबाइलमा फोटो भए पनि हुने) अनिवार्य गर्ने निर्णय भएको छ ।
    स्वास्थ्य कार्यालयले नियमित खोप केन्द्रहरुबाट खोपलाई अभियानकै रुपमा अगाडि बढाउने र स्थानीय तहमा निशुल्क एन्टिजेन परीक्षणको व्यवस्था मिलाउने निर्णय भएको छ । लक्षित समुदायमा पर्ने खोप लिन इच्छुक सबैलाई ०७८ माघ १५ भित्र खोप लगाउने प्रवन्ध गर्ने निर्णय भएको छ ।
    उद्योग धन्दा, कलकारखाना, व्यापार व्यवसाय, बैंक तथा वित्तिय संस्थाका साथै सेवा प्रवाह गर्ने सबै कार्यालयले जनस्वास्थ्यका निर्धारित मापदण्ड अनिवार्य रुपमा पालना हुने व्यवस्था मिलाउने बैठकमा निर्णय भएको छ । त्यस्तै जिल्लामा सञ्चालन हुने सार्वजनिक एवं नीजि सवारी साधनका सवारी चालक, सहचालक र सबै यात्रुरुहरुले अनिवार्य मास्क लगाउने, मास्क नलगाउने यात्रुलाई सवारी साधनमा प्रवेश नगराउने भएको छ ।
    सिट क्षमता भन्दा बढी यात्रु नराख्ने, स्यानिटाइजरको व्यवस्था गर्ने र सवारी साधन दैनिक नि–संक्रमण गर्ने निर्णय भएको छ । सरकारी कार्यक्रमको हकमा जिल्ला प्रशासन कार्यालयको समन्वयमा जनस्वास्थ्यका निर्धारित मापदण्ड पालना गरेर मात्र सञ्चालन गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ ।

    Advertisement

    मङ्गलबार, माघ ०४, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली कांग्रेस निकट स्वास्थ्यकर्मी सङ्घ प्युठानको नयाँ नेतृत्व चयन
    राप्ती प्रतिष्ठानले ५ हजार जनामा सिकलसेल एनिमिया परीक्षण गर्ने
    गुल्मीमा पशु बाँझोपन निवारण शिविरबाट ५५ वटा गाईभैंसीमा उपचार
    गुल्मीमा स्वास्थ्य संस्थाहरूको वार्षिक समिक्षा कार्यक्रम सुरु
    राप्ती प्रतिष्ठान र किर्तिपुर जलन अस्पतालबीच सहकार्य, आगामी वर्षदेखि सेवा सुरु हुने
    राप्ती प्रतिष्ठानमा प्रयोगशाला विस्तार, टिकट काउन्टर थपिँदै

    लोकप्रिय

    • १.
      ११ औं खिचरा महोत्सव: २०८२ चितवनमा सुरू

    • २.
      जनताको अधिकारका लागि संघर्ष जारी छ :

    • ३.
      औद्योगिक प्रयोजनका लागि मात्रै केराउ, सुपारी र

    • ४.
      रैथाने अन्नबाली खरिद गर्दै गाउँपालिका

    • ५.
      नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन : गगन

    • ६.
      कर्णालीका रैथाने अन्नबालीको निर्यात बढ्दै

    भर्खरै

    • १.
      एमालेले लुम्बिनी प्रदेशभर डिजिटल युवा दस्ता गठन गर्ने

    • २.
      सिन्धुलीस्थित एसबीआई बैंक लुटपाटमा संलग्न ७ जना पक्राउ, योजनाकार घरधनी नै

    • ३.
      नेपाली कांग्रेसको गगन थापा समूहलाई निर्वाचन आयोगको मान्यता

    • ४.
      घोराही-तुलसीपुर चारलेन सडकको प्रगति अनुगमन गर्न महासचिव पोखरेल निर्माणस्थलमा

    • ५.
      जनताको अधिकारका लागि संघर्ष जारी छ : केपी ओली

    • ६.
      रैथाने अन्नबाली खरिद गर्दै गाउँपालिका

    • ७.
      अमेरिकी आप्रवासी भिसामा अस्थायी रोक : नेपालसहित ७५ देश प्रभावित

    • ८.
      नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन : गगन थापा निर्विरोध सभापति

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation