पाल्पा — मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचनमुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन
प्रगतिशील लेखक संघ नेपाल, पाल्पाले शुक्रबार तानसेनमा आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री आचार्यले पुस्तक विमोचन गरेका हुन् । सकारात्मक सोच र जीवनदर्शनमा आधारित पुस्तकमा जीवनको अर्थ, अस्तित्व, संघर्ष, सोच, व्यवहार र दृष्टिकोणका विषय समेटिएका छन्।
पुस्तक विमोचन गर्दै मुख्यमन्त्री आचार्यले साहित्य, विचार र दर्शनका माध्यमबाट समाजमा सकारात्मक परिवर्तन सम्भव हुने बताए । उनले पुस्तकले जीवनको अर्थ र संघर्ष बुझ्न तथा दैनिक व्यवहारमा सकारात्मक परिवर्तन ल्याउन पाठकलाई प्रेरित गर्ने विश्वास व्यक्त गरे ।
‘यो पुस्तकमा समाजका यथार्थ विषय समावेश भएका छन् । हाम्रो जीवनशैली र जीवनयापनलाई कसरी राम्रो बनाउन सकिन्छ भन्ने विषय यसमा छन्,’ उनले भने, ‘समाज परिवर्तन र रूपान्तरणका लागि सामूहिक प्रयत्न आवश्यक छ ।’
नकारात्मक सोच र भ्रम फैलाउने प्रवृत्तिप्रति चिन्ता व्यक्त गर्दै मुख्यमन्त्री आचार्यले सकारात्मक सोच र चिन्तनको विकासमार्फत समाजलाई सही दिशामा अघि बढाउनुपर्नेमा जोड दिए ।
लेखक डा. राउतले जीवनशैलीलाई रहनसहनमा मात्र सीमित नराखी व्यक्तिको सोच, व्यवहार, दृष्टिकोण र आचरणसँग जोडेर प्रस्तुत गरेका छन् । व्यावहारिक जीवनका अनुभव र प्रेरणादायी प्रसंगमार्फत जीवनदर्शनलाई सरल भाषामा बुझाउने प्रयास पुस्तकमा गरिएको छ ।
पुस्तकले सकारात्मक सोचलाई व्यवहारमा उतार्दै व्यक्तिगत जीवनदेखि सामाजिक तहसम्म सकारात्मक परिवर्तन ल्याउन प्रेरित गर्ने अपेक्षा गरिएको छ ।
प्रगतिशील लेखक संघ नेपाल, पाल्पाका अध्यक्ष धातानन्द गैरेको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य, स्थानीय तहका जनप्रतिनिधि तथा साहित्य क्षेत्रका अगुवाहरूको सहभागिता थियो ।
मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन
मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन
Advertisement
तपाईको प्रतिक्रिया