माधव बेल्वासे,कपिलवस्तु। रोट्ट्रयाक्ट क्लब अफ कपिलवस्तुको आयोजनामा योग (ध्यान )शिविर सम्पन्न भएको छ । विहिवार शिवराज नगरपालिका ३ खरेन्द्रपुरमा रहेको स्वर्गद्वारी आश्रममा बिहान ६ बजेदेखि ९ बजेसम्म विभिन्न योगका क्रियाकलापहरु सिकाइएको हो । शिविरमा ५५ जना वढिको सहभागिता रहेको रोट्ट्रयाक्ट क्लब अफ कपिलवस्तुका अध्यक्ष होतराज पोख्रेल (शिशिर)ले जानकारी दिनुभयो ।
शिविरमा सहभागि लुम्बिनी प्रदेश सभा सदस्य अर्जुन कुमार केसीले योगा स्वास्थ्यको लागि फाइदाजनक रहने बताउनुभयो । सन्तुलित भोजन र सकारात्मक सोंच ,योग, र ध्यान मान जिवनमा उत्प्रेरणा जगाउने भएकाले हरेक दिन योग गर्नु अनिवार्य भएको भन्दै उहाँले जिवन शैलि स्वच्छ र स्वस्थ्य राख्न हरेक योग अभ्यास महत्वपूर्ण रहेको बताउनुभयो । अहिलेको व्यस्त जीवनमा आफू स्वस्थ्य रहन (ध्यान )योग अपरिहार्य रहेको केसिले बताउनु भयो ।
शिविरमा ओसो तपोवन वाणगंगा आश्रमका स्वामी ध्यान गगनले प्रशिक्षण दिनुभएको थियो ।नसर्ने रोगहरु प्रकोप बढ्दै गएको अवस्थामा आर्युवेदिक जिवनशैलि तथा योगको माध्यामबाट त्यस्ता रोगहरुको न्युनिकरण गर्ने उद्देश्यले शिविर सञ्चालन गरिएको ध्यान शिविर कार्यक्रम गरिएको संयोजक दिपक बेल्बासेले जानकारी दिनु भयो । हरेक दिन योग गर्नु अनिवार्य भएको भन्दै उहाँले जिवन शैलि स्वच्छ र स्वस्थ्य राख्न हरेक योग अभ्यास महत्वपूर्ण रहेको बताउनुभयो ।
शिवराज नगरपालिकामा पहिलो पटक भएको मेडिटेशन कार्यक्रममा व्यापार संघका अध्यक्ष महादेव पोख्रेल, अरनिको सहकारीका अध्यक्ष दमन भाट क्षेत्रि (नारायण) विभिन्न संघ संस्थाका प्रतिनिधि, रोट्ट्रयाक्ट क्लबका पदाधिकारी ,आश्रमका बटुकलगायतको सहभागितामा सम्पन्न भएको आयोजकले जनाएको छ ।