कामनाडेली, प्युठान। नेकपा (एकिकृत समाजवादी) को भ्रातृ संगठन युवा संघ नेपाल प्युठानको अध्यक्षमा नन्धन पुन मगर चयन भएका छन।
बिहिबार जुम्रीमा भएको संघको जिल्ला भेलाले पुनको नेतृत्वमा २३ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको हो ।
संघको उपाध्यक्षमा सुस्मिता मल्ल,शिव घर्ती मगर र पुरन पुन मगर चयन हुनुभएको छ भने सचिवमा चक्र बहादुर रानामगर र प्रेम सुनार चुनिनु भएको छ।
त्यस्तै, सहसचिवमा कमल सिंह सुनार,बिकास पुन मगर रहनुभएको छ। कोषाध्यक्षमा धनि झक्रि मगरलाई चयन गरिएको जनाईएको छ। भेलामा युवा संघका केन्द्रीय सचिबालय सदस्य एवं प्युठान जिल्ला ईन्चार्ज झबिलाल राहुँ मगरले संगठन भित्रको गतिबिधिका बिषयमा प्रस्ट पार्दै राजनीतिमा युवाहरुको भूमिकाको विषयमा चर्चा गरेका थिए । भेलामा युवा संघ नेपालको केन्द्रिय सदस्य आकास भुसालले युवाहरुलाई एकीकृत समाजबादीमा ल्याउन संघ लाग्नुपर्ने र अन्य दलका युवाहरुलाई पनि युवा संघमा आकर्षित गर्न दत्तचित्त भएर काम गर्न सुझाएका छन्।
युवासंघ प्युठानको अध्यक्षमा पुन चयन
युवासंघ प्युठानको अध्यक्षमा पुन चयन
Advertisement
तपाईको प्रतिक्रिया