• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, भदौ १४, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढीपीडितका लागि कांग्रेसको एक करोड सहयोग

बाढी प्रभावित क्षेत्रमा २ सय स्वयंसेवक पठाउने एमाले मधेसको निर्णय

बाढीपीडितका लागि चीनको ३३ करोडभन्दा बढी सहयोग

रसुवा बाढीपीडितका लागि नेपाली कम्युनिष्ट पार्टीले २५ लाख दिने

बाढी प्रभावितका लागि पत्रकार महासंघ गुल्मीले १ लाख रुपैयाँ सहयोग गर्ने

बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत भण्डारी

रसुवा बाढी प्रभावितका लागि गोर्खा ब्रुअरीको १० करोड सहयोग

रसुवामा ४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त, ४१ पुल बगे

नुवाकोटमा अधिकांश स्थानमा विद्युत् सेवा पुनःस्थापना

लोकप्रिय समाचार

  • १. चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

  • २. बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको निःशुल्क फोन, इन्टरनेट सेवा

  • ३. बडीमालिकामा पुग्यो फोर–जी सेवा

  • ४. नेपालमै बनेको यात्री स्कुटरले राष्ट्रिय आत्मविश्वास जगायो : अर्थमन्त्री वाग्ले

  • ५. बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत भण्डारी

  • ६. जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन

  • ७. एफएम र केबल टेलिभिजनका फाइल लुम्बिनी प्रदेशमा हस्तान्तरण

  • ८. रसुवाको बाढीमा रोल्पाका एकै परिवारका चार जना बेपत्ता

  • ९. रसुवा बाढी प्रभावितका लागि गोर्खा ब्रुअरीको १० करोड सहयोग

  • १०. रसुवामा बाढी : १९६ भन्दा बढी जलविद्युत् कर्मचारी सम्पर्कविहीन

गुल्मी कांग्रेस जिल्ला सभापतिका लागि मतदान अन्योलमा


  •   आइतबार, मङि्सर १२, २०७८ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । नेपाली कांग्रेस गुल्मी जिल्ला सभापतिका लागि रोकिएको मतदान अन्योल भएको छ । शनिवार जिल्ला सदरमुकाम तम्घासमा भएको मतदानमा मुसिकोट नगरपालिकामा केहिबेर मतदान चलिरहेका बेला मतपत्रका संकेत गरिएको भन्दै बिवाद भएपछि मतदान रोकिएको थियो ।
    आइतवार बिहान ९ बजेदेखि १ बजेसम्म मतदान गर्ने भनिएपनि सुचारु हुन सकेको छैन् । शनिवार सभापतिका लागि ११ वटा स्थानीयतमा मतदान सम्पन्न भएको छ ।
    सम्पन्न भएका पालिकाहरुको मतपेटिका नेपाली कांग्रेस गुल्मीको पार्टी कार्यालयमा राखिएको छ । काँग्रेस गुल्मीको ८ औँ जिल्ला अधिबेशनमा फर्जी मतपत्र प्रयोग गरेको भन्दै निर्वाचन स्थगित गर्न माग गरिएको छ ।
    जिल्ला सभापतिका उमेदवार बेदबहादुर थापाले अर्का उमेदबार खिलध्वज पन्थीले फर्जी मतपत्र प्रयोग गरेको र चुनावलाई प्रभाब पार्ने गरी बिधि, बिधान र निर्देशिका विपरीत कार्य गरेको भन्दै निर्वाचन स्थगित गर्नुको बिकल्प नभएको बताएका छन् । थापाले आइतबार बिहान पत्रकार सम्मेलनको अयोजना गरी सत्य,तथ्य छानविन नभएसम्म निर्वाचन प्रक्रिया अगाडी बढ्न नदिने बताएका छन् ।
    उनले निर्वाचन प्रक्रिया स्थगित गरेर पुनः निर्वाचन गर्नुको बिकल्प समेत नरहेको बताएका छन् । पन्थी पक्षले छापामार शैलीमा निर्वाचन अधिकृतलाई कब्जा गरेर फर्जी मतपत्रमा संकेत गरी मतदान गरेको पाइएकाले त्यो अबैधानिक भएको थापाको भनाई छ ।
    अर्का सभापतिका उमेदवार खिलध्वज पन्थीले फर्जी मतपत्र प्रयोग भएको भनेर आरोप मात्र लगाइएको बताएका छन् । उहाँहरुले लगाएको आरोपमा कुनै सत्यता नभएको भन्दै मतदान प्रक्रिया रोक्न नहुनेमा पन्थीले जोड दिए ।
    थापा देउवा पक्ष हुन भने पन्थी पौडेल पक्ष हुन् । निर्वाचन क्षेत्र नम्वर एकबाट ९३९ र दुईबाट ८२७ गरी जिल्लामा कुल एक हजार ७६६ प्रतिनिधि रहेका छन् । जिल्ला कार्य समितिका अरु पदहरुमा पनि मतदान भएको छ ।
    दुई जना जिल्ला उपसभापतिका लागि ५ जना बिच प्रतिस्पर्धा भएको छ । जसमा अनन्तराम पौडेल, शिबबहादुर खत्री, झबिन्द्र बिश्वकर्मा, सुर्दशन खनाल र बिष्णुकुमारी सापकोटा बिच मतदान भएको छ ।
    त्यस्तै २ जना जिल्ला सचिव पदका लागि ५ जना बिच प्रतिस्पर्धा भएको छ । जसअनुसार पृथ्वीबहादुर फौजदार, जगदिस भट्टराई, भगतसिंह खड्का, थम्मनबहादुर केसी र पूर्ण केसी बिच मतदान भएको छ ।
    त्यस्तै २ जना जिल्ला सहसचिव पदका लागि ४ जना बिच प्रतिस्पर्धा भएको छ । जसअनुसार धर्मराज पाण्डे, रेशम कुँवर, छविलाल पाण्डे र निरज मरासिनी बिच मतदान भएको छ ।
    त्यस्तै जिल्ला कार्यसमिति सदस्यमा पनि मतदान भएको छ । सदस्य पदमा झण्डै ४ दर्जन बिच प्रतिस्पर्धा भएको छ । महाधिबेशनका लागि १ हजार ७ सय ६६ जना प्रतिनिधी रहेका छन् ।
    नेपाली कांग्रेस नेता डा.चन्द्र भण्डारीको गृह जिल्ला हो। महाधिबेशनको शुक्रवार भण्डारीले उद्घाटन गरेका थिए ।

    Advertisement

    आइतबार, मङि्सर १२, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बाढी प्रभावित क्षेत्रमा २ सय स्वयंसेवक पठाउने एमाले मधेसको निर्णय
    रसुवा बाढीपीडितका लागि नेपाली कम्युनिष्ट पार्टीले २५ लाख दिने
    रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने
    लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत
    शशांकको नेतृत्वमा कांग्रेस इतरसमूह अघि बढ्ने
    प्युठानमा एमालेको ‘मिसन पार्टी जागरण’ अभियान, चार दिनमा ४ सय कार्यकर्तासँग प्रत्यक्ष भेट

    लोकप्रिय

    • १.
      चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री

    • २.
      बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको निःशुल्क फोन,

    • ३.
      बडीमालिकामा पुग्यो फोर–जी सेवा

    • ४.
      नेपालमै बनेको यात्री स्कुटरले राष्ट्रिय आत्मविश्वास जगायो

    • ५.
      बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत

    • ६.
      जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन

    भर्खरै

    • १.
      बाढीपीडितका लागि कांग्रेसको एक करोड सहयोग

    • २.
      बाढी प्रभावित क्षेत्रमा २ सय स्वयंसेवक पठाउने एमाले मधेसको निर्णय

    • ३.
      बाढीपीडितका लागि चीनको ३३ करोडभन्दा बढी सहयोग

    • ४.
      रसुवा बाढीपीडितका लागि नेपाली कम्युनिष्ट पार्टीले २५ लाख दिने

    • ५.
      बाढी प्रभावितका लागि पत्रकार महासंघ गुल्मीले १ लाख रुपैयाँ सहयोग गर्ने

    • ६.
      बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत भण्डारी

    • ७.
      रसुवा बाढी प्रभावितका लागि गोर्खा ब्रुअरीको १० करोड सहयोग

    • ८.
      रसुवामा ४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त, ४१ पुल बगे

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation