अनुज पछाई,प्युठान। कोरोना सङ्क्रमण उच्च जोखिमबाट जोगिन विद्यालय लामो समय सञ्चालन हुन सकेन । विद्यालय सञ्चालन नहुँदा विद्यार्थी अनलाइन माध्यमबाट पठनपाठन गर्न बाध्य हुनुप¥यो। अनलाइन शिक्षाका निम्ति विद्यार्थीले मोबाइल तथा ल्यापटपको प्रयोग अधिक रुपमा गरे । अहिले भौतिक उपस्थितिमा कक्षा सञ्चालन भए पनि बालबालिकाहरुको ध्यान किताबमा केन्द्रीत भई अध्ययन गर्ने रुचीमा भने कमी भएको पाइएको छ ।
प्यूठान जिल्लाको माण्डबी गाउपालिका लगायतका अन्य स्थानिय तहमा पनि अनलाइन कक्षा सञ्चालन भएका थिए । भर्खरै कलकाउदो चन्चल उमेरमा नेट को सेवा सहितको मोबाइलफोन हातमा पर्दा मन चन्चल हुनु स्वभाबिक नै हो । माण्डबी गाउपालिकामा अनलाइ कक्षाबाट पठनपाठन गरेका बिद्यार्थी नै साबिक भन्दा बढी नै मोबाइलप्रति चासो बढेको सुइकार्छन ।
माण्डबी मा बि प्यूठानका प्रध्यानाध्यापक मेघराज पौडेलले अनलाईन शिक्षामा विद्यार्थीको मोह किताबी ज्ञान आर्जनमा भन्दा मोबाइल प्रयोगप्रति बढेको बताउनुभयो ।
कक्षाकोठामा विद्यार्थी रहेपनि घरमा कतिबेला गएर मोबाइल प्रयोग गर्ने मानसिकता बढेको प्रध्यानाध्यापक पौडेलको भनाई छ भनाइ छ ।
लामो समयको अनलाइन कक्षाले साबिक भन्दा बढी मोबाइल प्रति चासो बढेको बिद्यार्थी आफै पनि सुइकार्छन । पहिले मोबाइल भए पनि एम बि डेटा नकिन्ने हुदा अनलाइन तर्फ हेरिदैनथियो तर अहिले फेसबुक र टिकटक लगाएतका सामाजिक सञ्जालमा बढी ध्यान गएको माण्डबी मा बि का एक छात्राले सुइकार्छन ।
“आजभोली कक्षामा ज्यान हुन्छ ।” माण्डबी माबिकी एक छात्राले भनिन –“ध्यान भने टिकटिकमा कति फलोअर्स र लाइक कति भयो भन्ने तर्फ जान्छ।”
त्यस्तै पहिले भन्दा अहिले स्वभाबैले मोवाइल चलाउने बानी बसेको अर्का एक जना छात्रले पनि सुइकार्छन । –“पहिले मोबाइल नै थिएन । मोबाइलमा त्यति ध्यान जादैनथियो । उनले सुनाए–“ अहिले बाध्य भएर अनलाइन कक्षाकै लागी एनड्रोइड मोबाइल किनियो एम बि किनियो र अहिले पढदा समेत फेसबुक ,टिकटक र गेमको याद मात्र आउछ।”
विद्यार्थी नियमित रुपमा विद्यालयमा उपस्थिति भए पनि अध्ययनमा पूर्ण रुपमा सक्रियता देखाउन सकेको स्थिति छैन । गृहकार्य गर्न समेत पहिलाको तुलनामा कमी देखिएको छ । भौतिक दुरी कायम गर्दा बालबालिकामा गृहकार्य गर्ने बानी हराएको अनुभब माण्डबी मा बि का प्रअ पौडेलको छ ।
प्यूठानको स्थानीय तहले भदौको अन्तिम, असोज महिनाको पहिलो साताबाट विद्यालय नियमित रुपमा सञ्चालनमा ल्याएका छन् । लामो समय विद्यालय बन्द हुँदा निरुत्साहित विद्यार्थी शिक्षकको उपस्थितिमा अध्ययन गर्न पाउँदा चहलपहल बढेको छ ।
विद्यालय परिसरमा सहकर्मीसँग दैनिक भेटघाट र अभ्यास, खेलकूदका गतिविधिमा नियमित सहभागिता हुन पाउँदा खुसी लागेको बिद्यार्थीहरुले पनि बताउछन ।
प्यूठानका विद्यार्थीको भौतिक उपस्थितिमा पठनपाठन सञ्चालन भएसँगै विद्यालयमा शिक्षक, विद्यार्थीको चहलपहल देखिएको छ । कोरोना सङ्क्रमणको जोखिमले सुनसान विद्यालय तिहार सके संगै नियमित रुपमा सञ्चालनमा आएका छन । भदौ पछि बिद्यालय खुले पनि छुट्टा छुट्टै समयमा अध्यन गराइएकोमा अहिले बिद्यालय नियमित रुपमा धमाधम खुलेपछि शिक्षक विद्यार्थीको उपस्थितिले चहलपहल ल्याएको हो ।
बागेस्वरी माध्यमिक बिद्यालय माण्डबी गाउपालिका ५ तिघ्राका प्राधानाध्यापक बद्रि प्रसाद तिवारीले जिल्लाका ग्रामीण क्षेत्रका विद्यालयका बिद्यार्थी तथा स्वयमः शिक्षकले पनि स्वास्थ्य मापदण्डको पालना गर्ने कुरामा चासो देखाउनुपर्ने बताउनुभयो । तर, अधिकांश विद्यालयमा खासै चासो नदेखाउदा विद्यार्थीमा कुनै उत्साह देखिएको छैन ।
प्यूठानका निजी तथा सरकारी विद्यालयसमेत विद्यार्थीले मुखमा मास्क, सेनिटाइजर र सामाजिक दूरीलाई अनिवार्य गरिनुपर्ने जिल्ला प्रशासन कार्यालय प्यूठानले जनाएको छ ।