प्यार अलि खांन, प्युठान। संविधान सभा सदस्य धन बहादुर रायमाझीले सामाजिक एकता तथा सद्भावमा मुस्लिम समुदायको भूमिका महत्त्वपूर्ण रहेको चर्चा गरेका छन्।
मंगलबार सरुमारानीको बड्डडाँडामा आयोजित धार्मिक शिक्षा तथा प्रवचन कार्यक्रमको उद्दघाटन गर्दै रायमाझीले भने, ‘धार्मिक सहिष्णुता, आपसी भाइचारा तथा सामाजिक एकता कायम गर्न यहाँको मुस्लिम समुदाय सफल छ।’
मुस्लिम महिलाहरुलाई सामाजिक क्षेत्रमा स्थापित गर्ने गरि नेतृत्वमा ल्याउन समेत उनले आग्रह गरे। सबै जातजाति भाषाभाषी तथा संस्कृतिको जगेर्ना गर्न गाउँपालिकाको विशेष ध्यान जानुपर्नेमा रायमाझीले जोड दिए।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष मिना कुमारी सोमैले सबै धर्म तथा संस्कृतिको संरक्षण तथा संवर्धन गर्न पालिका लागि परेको बताईन।
कार्यक्रममा धार्मिक गुरु मोहम्मद कमरुद्धिन तथा बशिर मियाँले इस्लाम धर्मका बारेमा प्रवचन दिएका थिए। गाउँपालिकाको आर्थिक सहयोग रहेको कार्यक्रमको आयोजना मुस्लिम समाज सरुमारानी -४ बड्डाँडाले गरेको थियो।
कार्यक्रममा वडा अध्यक्षद्धय चिन्त बहादुर सोमै, सन्त बहादुर बराल, पालिकाका सूचना अधिकारी लक्ष्मण आचार्य, उद्योग वाणिज्य संघ सरुमारानी बजार क्षेत्रका अध्यक्ष योगेश सारु मगर, विभिन्न सामाजिक संघ संस्था तथा राजनैतिक दलका नेता तथा प्रतिनिधिहरूले शुभकामना मन्तव्य राखेका थिए।
मोहम्मद हलिम हलुवाईको स्वागत मन्तव्य, समाजका अध्यक्ष मर्सदिन मियाँको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन जमिर शाहले गरेका थिए।
सामाजिक सद्भावमा मुस्लिम समुदायको भूमिका महत्त्वपूर्ण : रायमाझी
सामाजिक सद्भावमा मुस्लिम समुदायको भूमिका महत्त्वपूर्ण : रायमाझी

Advertisement
तपाईको प्रतिक्रिया