• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज १०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

लोकप्रिय समाचार

  • १. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • २. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • ३. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ४. नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

  • ५. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ६. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ७. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ८. संविधान संशोधनका लागि ज्ञानेन्द्र शाहीले अघि सारे प्रदेश खारेजसहितका ४ प्रस्ताव

  • ९. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • १०. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

प्यूठानका युवामा ‘हाप्किडो ’क्रेज


  •   सोमबार, कार्तिक २९, २०७८ मा प्रकाशित
  • अनुज पछाई,प्यूठान।  प्यूठान नगरपालिका ३ रातामाटा स्थित मुक्ति माबिको कक्षा १२ मा अध्ययनरत दिपक पुनमगर दिनमा  ४ घन्टा हाप्किडो खेल अभ्यास गर्छन । हाप्किडो खेलमै आफ्नो भविष्य देखेका दिपक प्रत्येक दिन बिहान ५ र साझ ५ बजेपछि हाप्किडो अभ्यासका लागि प्यूठान नगरपालिका ४ बिजुवार स्थित गणतान्त्रिक खेलकुद मैदान पुग्छन् ।
    ‘मैले सानामा टिभिमा कराते खेलेको देखेपछि म पनि यस खेलमा आकर्षित भएँ । सुरुमा बा–आमाले त्यति मन गर्नुभएको थिएन, मेलै बिस्तारै पुरस्कार जितेर राम्रो गर्न थालेपछि अहिले त बुझ्नुहुन्छ,’ दिपक भन्छन् । दिपकले जिल्ला तथा जिल्ला बाहिर हुने प्रतियोगीता तथा साथिहरुको बिचमा हुने प्रतियोगितामा भाग लिएर पुरस्कार समेत प्राप्त गर्दै आएका छन् ।

    Advertisement

    मुक्ति माबि कै कक्षा १२ को परीक्षा दिएर बसेकी १८ बर्षिया इश्वरी पुन पनि हाप्किडोमा रुचि भएकै कारण दिनमा बिहान र साझ गरि ४ घन्टा हाप्किडो खेल अभ्यासमा समय दिन्छन्। दिपक र इश्वरी मात्रै होइन, पछिल्लो समय स्कुल र क्याम्पस पढ्ने अधिकांश युवाको रुचिमा पर्न थालेको छ, हाप्किडो खेल । यसमा पनि फुटबल र क्रिकेटलगायत खेलमा जस्तै नेपाली युवाको क्रेज बढ्दो छ । हाप्किडोलाई दक्षिण कोरीया अमेरिका, अस्टेलियासहित युरोपेली मुलुकमा बहादुरी खेलका रूपमा खेलिन्छ । केही वर्ष अघिसम्म नेपालमा हाप्किडो खेलबारे नकारात्मक धारणा थियो।

    अहिले भने यो खेलप्रति सकारात्मक धारणा विकास भएको छ ।यो खेलमा नयाँ पुस्ताले सक्रियता देखाएको नेपाल मार्सल हाप्किडो संघ प्यूठान जिल्लाका अध्यक्ष टेकराज केसी बताउँछन् । “सुरुको बर्ष प्यूठानमा स्थापना गर्दा कसैले भबिष्य छैन नगर भने” अध्यक्ष केसीले भने “सरुमा एक जना बाट सुरु भएको यस खेलमा हाल जिल्लाभर ५०० बढी खेलाडीले प्रशिक्षण लिइरहेका छन ।” पछिल्लो समयमा किशोर किशोरीमा यस खेलप्रति चासो देख्दा सन्तुष्टि मिलेको अध्यक्ष केसीले सुनाए ।

    नेपाल मार्सल हाप्किडो संघले हाप्किडो खेलको संरक्षण, प्रवद्र्धन तथा प्रोत्साहन गर्ने गर्छ । यही उद्देश्यले २ वर्षअघि प्यूठान जिल्लामा पनि संस्था स्थापना गरिएको हो।
    संस्थाले स्थापनाकालदेखि नै विभिन्न जिल्लाका विद्यालय तथा क्याम्पसमा हाप्किडो खेलबारे गोष्ठी, हाप्किडो खेल प्रतियोगिता तथा हाप्किडो खेलबारे चेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
    यो खेललाई प्रवद्र्धन गर्ने उद्देश्यले सरकारले नेपाल मार्सल हाप्किडो संघ तथा हाप्किडो एसोसिएसन समेत गठन गरेको छ । यसलाई पनि अन्य खेललाई जस्तै सकारात्मक ढंगबाट महत्व दिँदै प्राथमिकतामा राख्नुपर्ने हाप्किडो खेलाडीको माग छ ।

    हाप्किडो खेल मा सहभागी भएदेखि आत्म रक्षा गर्न सकिने ब्ल्याक बेल्ट प्राप्त गर्न सफल भएकी खेलाडी इश्वरी पुनमगरले बताइन । हाप्किडोमा संलग्न भएदेखि म आफुले आफैलाई फरक पाएको छु।” खेलाडी पुनले भनिन–“बलात्कार जस्तो केसलाई कम गर्न पनि यस्ता खेलले किशोरीलाई सुरक्षित पार्न सक्छ ।” अहिले एक दुइ जना पुरुषसंग सजिलै एक्लै लडन सक्ने हिम्मत आएको उनको अनुभब छ ।

    हाल प्यूठान जिललाको बिजुवार खेलकुद मैदान , खंलंगाा , कालिका माबि बिजुवार,माण्डबी माबि नयाँगाउ ,दाखाक्वाडीको वेलुवा तथा जुम्रिकालगायतका क्षेत्रबाट करिब ५ सय बढीले प्रशिक्षण लिइरहेको नेपाल मार्सल हाप्किडो संघ प्यूठानकी कोषदक्ष अस्मिता केसीले बताइन ।
    खेलमा आबद्ध भएको करिब १ बर्षमै ७ जना नयाँ शिक्षार्थीले बिद्यालयमा तालिम सञ्चालन गर्न सफल भएको अध्यक्ष केसीले जानकारी दिए । त्यस्तै जिल्लाभर २ बर्ष भित्रनै १३ जनाले ब्ल्याक बेल्ट प्राप्त गर्न सफल भएको उनले बताए ।
    दक्षिण कोरीयाबाट सुरु भएको उक्त खेल हाल नेपाल संगै बिश्वमै लाकप्रिय बन्दै गएको छ । नेपालमा पनि करिब ७४ बढी जिल्लामा हाप्किडो संघ बिस्तार भइ हाप्किडोको तालिम तथा प्रतियोगीता सञ्चालन हुदै आएको प्यूठान जिल्ला हाप्किडो मार्सल संघका उपाध्यक्ष प्रचण्ड खडकाले बताए । साथै अबको केही समयमै लुम्बिनी प्रदेश स्तरीय हाप्किडो प्रतियोगीता प्यूठान जिल्लामा सञ्चालन गर्ने कार्ययोजना रहेको अर्का उपाध्यक्ष खलजित बुढाले बताए ।

    खेलका प्रमुख प्रशिक्षक तथा जिल्ला अध्यक्ष टेकराज केसीले नेपालमा हाप्किडो खेलमा युवा आकर्षण बढ्नु आफैमा सकारात्मक भएको बताए ।

    सोमबार, कार्तिक २९, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा
    सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?

    लोकप्रिय

    • १.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • २.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • ३.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    • ४.
      नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    • ५.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ६.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    भर्खरै

    • १.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • २.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ३.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ४.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ५.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ६.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ७.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ८.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...