प्युठान । आईतबार र सोमबार एक्कासी परेको वर्षाका कारण प्युठान सहित देशका अधिकाशं स्थानका किसानको धानबालीमा असर परेको छ । धानबालीमा परेको असरले किसान निकै चिन्तित छन्।
Advertisement
यस्तो बेला भीजिसकेको धानलाई कसरी स्याहार गर्ने भन्ने कुरा कतिपय किसानलाई थाहा नहुन पनि सक्छ। भीजेको धानलाई कसरी स्याहार गर्ने त ? कृषि विज्ञहरुले किसानहरुलाई दिएको सुझाव भने यस्तो छ।
डुबेको धानलाई के गर्ने ?
१- सबैभन्दा पहिले खेतमा जमेको पानी
निकाल्ने ।
२- भिजेको धानलाई सुख्खा स्थानमा सार्ने ।
३- धेरै तातो वा धेरै चिसो हुन नदिने नत्र
उम्रिन सक्छ र नोक्सान हुन्छ ।
४- सामान्य तापक्रममा रहनका लागि
धानलाई चलाइराख्ने ।
५- नकाटेको तर ढलेर डुबेको भए खेतबाट
पानी तर्काउने ।
६- मौसम सफा नहुँदासम्म धान नकाट्ने
काट्नै परे काट्दै झार्दै गर्ने ।