अनिल खत्री, गुल्मी । लोक तथा दोहोरी गायक एबम् गीतकार बोमबहादुर कार्कीको दशैं गीत सार्बजनिक भएको छ । नेपालीहरुको महान पर्वको दशैं भित्रिएसँगै गायक कार्कीले दशैं सम्बन्धी गीत ‘अहिलेको दशैंमा’ सार्बजनिक गरेका हुन् ।
दशैंमा स्वदेश तथा प्ररदेशबाट आफनो घरमा फर्किने दशैं मनाउने जस्ता बिषय बस्तु गीतमा समाबेश रहेको गीतकार बोमबहादुर कार्कीले बताए । दशैंमा सकेसम्म घरबाट टाढा रहेका एकै ठाउँमा हुनुपर्दछ सँगैदशैं मनाउनु पर्छ भन्ने मान्यता पनि रहेको छ ।
कार्कीले सार्बजनिक गरेको गीतमा अहिलेको दशैंमा गुल्मीको बसैमा सरर घरमा जाने कथा बस्तु गीतमा समाबेश रहेको छ । गीतमा धान कोदो फुलेका झुलेका, चर्खे पिङ्ग, सराए नाच, सयपत्री फूलहरु फूलेका जस्ता कुराहरु गीतमा समाबेश गरीएको छ ।
दशैं आएपछि आफु जन्मेको गाउँघरको याद र सरर बसमा घर तिर लागेका जस्ता कथावस्तु गीतमा रहेको छ । गीतमा गुल्मीका केहि रमणिय स्थलको पनि भिडियोमा समाबेश गरिएको छ ।
गीतकार कार्कीको जन्म घर पनि गुल्मी हो । उनि लोक संगीत क्षेत्रका निकै पुराना निकै मर्म स्पर्सी गीत संगीत सृजना गर्ने कलाकार हुन् ।
उनले बजारमा ल्याएका गीतहरु अहिले पनि उत्तिकै रुचाइएका गीतहरु रहेका छन् । गीतकार बोमबहादुर कार्कीको लय शब्द रहेको गीतमा शिबा आले र बोमबहादुर कार्कीकै सुमधुर स्वर रहेको छ ।
गीतको भिडियोमा गुल्मेली मोडल महेन्द्र गौतम र रञ्जिता गुरुङ्गको अभिनय रहेको छ । दशैं सम्बन्धी गीत धेरै दर्शक श्रोताले मन पराउने गीतकार बोमबहादुर कार्कीले बताए ।
स्मृति तिमिल्सिना गुरुआमाले तयार गरेको भिडियो बोमबहादुर कार्कीको आफनै युट्युबबाट सार्बजनिक गरिएको हो ।
गीतको पुरा भिडियो
बोमबहादुर कार्कीको दशैं गीत : ‘अहिलेको दशैंमा’ सरर गुल्मीको बसैमा
बोमबहादुर कार्कीको दशैं गीत : ‘अहिलेको दशैंमा’ सरर गुल्मीको बसैमा

Advertisement
तपाईको प्रतिक्रिया