मित्र थापा,अर्खा। प्युठानमा खोलाले बगाएर एकजना बेपत्ता भएका छन।जिल्लाको गौमुखी गाँउपालिका वडा नंवर २ अर्खा बस्ने अन्दाजी ७५ वर्षीय तन वहादुर सुनारलाई खोलाले बगाएको स्थानियले बताएका हुन।
घरबाट आफ्नो गोठ जाने क्रममा सोमबार मध्यान्ह १२ बजेको समयमा स्थानिय घट्टे खोलाले बगाएको इलाका प्रहरी कार्यालय पूजा लीवासिका प्रहरी नायब निरिक्षक हरि गुरुङले जानकारी दिनु भयो। प्रहरी र स्थानिय मिलेर बेपत्ताको खोजिकार्य जारी राखेका छन।
Advertisement