बर्दिया। बर्दियाको गुलरिया नगरपालिका ८ स्थित भादा नदीमा हामफोलकी एक महिलाको प्रहरीले शकुशल उद्धार गरेको छ। बिहीबार अपराह्न महिलाले नदीमा हामफालेको खबर पाएपछि जिल्ला प्रहरी कार्यालय बर्दियाबाट टोली खटिएको थियो । टोलीले बग्दै गरेको अवस्थामा महिलालाई उद्धार गरी बर्दिया अस्पताल पुर्याएको थियो । सोधपुछपछि उनी भारतको बहराइच थाना, मोतीपुर ग्राम बलैगाउँ बस्ने ४० वर्षीया जलदैया थारु भएको खुल्यो । त्यसपछि मोतीपुर ग्राम पञ्चायतको गाउँप्रधानसित समन्वय गरी उनलाई उनको श्रीमान् मिश्रिराम थारुको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।
Advertisement