थबाङ गाउँपालिकाको प्रशासनिक भवन शिलान्यास

रोल्पा। रोल्पाको थबाङ गाउँपालिकाको प्रशासनिक भवन शिलन्यास गरिएको छ।

आईतबार गाउँपालिका अध्यक्ष वीर बहादुर घर्ती र उपाध्यक्ष रामकिरणी रोकाले संयुक्त रुपमा भवनको शिलान्यास गर्नुभयो । शिलन्यास कार्यक्रममा बोल्दै अध्यक्ष घर्तीले निर्माण व्यवसायीले तोकिएको समयमै भवन सम्पन्न गर्नेमा आफू बिश्वस्त रहेको बताउनुभयो।जम्मा ४ कराेड ५१ लाख २४ हजार ६ सय २१ रुपैया लागत रहेको भवनको न्यु ड्रागन निर्माण कम्पनीसँग निर्माण सम्झौता भएको छ ।

कतै छुटाउनुभयाे कि?
Bal Bibaha
प्रतिक्रियाहरू
Loading...