लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा शंकर पोखरेल पुनः नियुक्त

कामना डेली, बुटवल । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा शंकर पोखरेल पुनः नियुक्त भएका छन ।
यस अघि प्रदेश प्रमुख धर्मनाथ यादव समक्ष पोखरेलले बहुमत सदस्यको हस्ताक्षर बुझाएको र सोही आधारमा उनि नियुक्त हुने भएका हुन । प्रदेश प्रमुखको कार्यालयले पोखरेल पुनः मुख्यमन्त्री नियुक्त गरेको जानकारी दिएको छ । पोखरेलले आजै मुख्यमन्त्रीबाट राजीनामा दिएका थिए । पोखरेललाई प्रदेश प्रमुखबाट आजै (आइतबार) सपथ ग्रहण गराउने तयारी छ।
पोखरेलले संविधानको धारा १६८ को उपधारा १ अनुसार बहुमत प्राप्त संसदीय दलको नेताको हैसियतले एकल सरकार गठन गर्ने छन्। पोखरेललाई एमालेको एकल बहुमतको मुख्यमन्त्री नियुक्त गरिएको हो ।

कतै छुटाउनुभयाे कि?
Bal Bibaha
प्रतिक्रियाहरू
Loading...