कामना डेली, प्युठान। जिल्लाको झिमरुक गाउँपालिकाले एक साताका लागी बजार क्षेत्र शिल गरेको छ।
गाउँपालिकाले बुधबार साँझ बिज्ञप्ती जारी गर्दै बैशाख १५ देखी २२ गतेराती १२ बजेसम्म बजार क्षेत्र सिल गरिएको जानकारी दिइएको हो ।
सर्वसाधारणमा कोरोना भाइरस सक्रमण देखिएको भन्दै गाउँपालिकाको वडा नम्वर ४ चुधारा बजार देखी वडा नम्वर ५ को तिलहाल्ना,मच्छि, ढाड, बजार क्षेत्र एक साताका लागी सिल गरिएको बिज्ञप्तीमा उल्लेख छ ।
बजार क्षेत्रका केहि ब्याक्तीमा एन्टीजेन परिक्षण गर्दा कोरोना भाइरस सक्रमण पुष्टि भएको थियो ।
Advertisement