काठमाडौँ । नेकपा एमालेका माधव नेपाल र झलनाथ खनाल पक्षको राष्ट्रिय कार्यकर्ता भेला सुरु भएको छ । ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा बुधबारबाट भेला सुरु भएको हो ।
Advertisement
भेला बिहीबारसम्म चल्ने छ । भेलाको अध्यक्षता नेता झलनाथ खनालले गर्नुभएको छ ।यद्यपि महासचिव ईश्वर पोखरेलले पार्टीलाई गुटबन्दीले फुटतिर लैजाने यस किसिमका भेलामा उपस्थित नहुन मंगलबार नै नेता कार्यकर्तालाई सचेत गराएका थिए । ओली पक्षका नेताहरुले यस किसिमका भेलाले विवाद बढाउने भन्दै यस्तो नगर्न नेपाल र खनाल पक्षका नेताहरुलाई आग्रह गरेका थिए ।