• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असोज ०१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

कैलालीमा आजदेखि जापानिज इन्सेफलाइटिसविरुद्ध विशेष खोप अभियान

बिग्रिएका सडकको गुनासो दर्ता गर्न ‘सडक सुझाव एप’

विपद् व्यवस्थापनका लागि सर्वदलीय संसदीय विशेष समिति गठन गरिने

देवघाटमा १० सुकुम्बासी परिवारलाई लालपुर्जा

आमालाई ६ महिना, बुबालाई ४२ दिन प्रसूति स्याहार बिदा प्रस्ताव

पाठ्यक्रम परिमार्जनका लागि देशभरबाट आए यस्ता सुझाव

लोक सेवा आयोगले बुझायो मुख्यमन्त्री आचार्यलाई सातौँ वार्षिक प्रतिवेदन

सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाटै तलब असुलिने

तीजको रमझम रोक्दै बाढीपीडितका लागि च्यारिटी डिनर

लोकप्रिय समाचार

  • १. जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

  • २. प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी

  • ३. ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित जग्गा सरकारको नाममा ल्याइने

  • ४. आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

  • ५. भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

  • ६. सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?

  • ७. भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

  • ८. बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

  • ९. राइट टु रिकलसम्बन्धी दस्तावेज बनाउन रास्वपाले गठन गर्‍यो ११ सदस्यीय समिति

  • १०. बाढीले क्षतिग्रस्त जहरे सबस्टेसन पुनः सञ्चालनमा

एपिएफ र प्रदेश १ फाईनलमा, लुम्बिनी १० विकेटले पराजित


  •   शनिबार, पुष १८, २०७७ मा प्रकाशित
  • टेकबहादुर पुन, दाङ । लमहीमा जारी प्रधामन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगीताको फाईनलका लागी एपिएफ र प्रदेश १ भिड्ने छन् ।

    Advertisement

    सनिबार भएको पहिलो सेमिफाईनल खेलमा एपिएफले सुदुर पश्चिमलाई पछार्दै फाईनलको स्थान सुरक्षित गरेको हो । टस जितेर ब्याटिङ्ग थालेको सुदुर पश्चिमले पूरा १६ ओभर खेल्दै ७ विकेटको क्षतिमा ६० रणको योगफल तयार गर्यो ।

    सुदुरका लागि कबिता जोसी बाहेक अन्य ब्याट्सम्यान खासै चलेनन् । जोसीले टिमलाई जित दिलाउन २ चौकाको मद्दतमा सर्बाधिक २२ रणको योगदान दिईन । त्यस्तै रेउती धामीले २२ बल खेल्दै १ चौकाको मद्दतमा १२ रण बनाईन भने कबिता जोशीले २५ बलमा ९ रणको योगदान दिईन । उनै ३ जना ब्याट्सम्यान बाहेक सुदुरका लागि अन्य ब्याट्सम्यान खासै चलेनन् ।
    बलिङ तर्फ एपिएफका लागि करुणा भण्डारीले ४ ओभरमा ११ रण खर्चेर ३ विकेट हात पारिन । त्यस्तै सरिता राना मगरले ३ ओभरमा १५ रण खर्चिँदै १ विकेट प्राप्त गरिन् ।

    ६१ रनको बिजयी लक्ष्य सहित मैदानमा उत्रेको एपिएफले १५ ओभरको समाप्ती सँगै १ विकेटको क्षतीमा लक्ष्य भेटायो । एपिएफलाई जित दिलाउन ज्योती पाण्डेले ३८ बल खेल्दै १ चौकाको मद्दतमा सर्बाधिक २६ रणको योगदान दिईन । ज्योती सँगै ओपनर आएकि सीता राणा मगर १७ बल खेल्दै १ चौकाको मद्दतमा ७ रनमै क्याच आउट भएपछी सरिता मगर मैदानमा उत्रिईन । सरिताले नै एपिएफलाई जित दिलाउन ज्योती सँग साझेदारी गरिन । सरिताले ३५ बल खेल्दै १ चौकाको मद्दतमा १९ रणको योगदान दिईन ।

    सुदुरका लागि कबिता कंवरले ४ ओभर बलिङ गर्दै १२ रण खर्चिएर १ विकेट हात पारिन । कबिता बाहेक अन्य कसैले विकेट हात पार्न भने सकेनन् ।
    सनिबारको पहिलो सेमिफाईनल खेल हुस्सुका कारण १६ ओभरमा छोट्याईएको थियो ।

     

    घरेलु टिम लुम्बिनी प्रदेश १० विकेटले पराजित

    सनिबार भएको दोस्रो सेमिफाईनल खेलमा प्रदेश नम्बर १ ले लुम्बिनी प्रदेश लाई ९ विकेटले पराजित गरेको छ ।

    टस जितेर ब्याटिङ्ग थालेको लुम्बिनी प्रदेशले १४.१ ओभरमा अलआउट हुँदै जम्मा ५२ रणको योगफल तयार गर्यो । लुम्बिनीका लागि नितु भण्डारी र सर्मिला मगर बाहेक अन्य कुनै ब्याट्सम्यान खासै चलेनन् । ओपनर गिता गोसाईं र सरस्वती घर्ती मगरको तालमेल नमिल्दा २ रणमै सरस्वती रण आउट हुन पुगेपछि लुम्बिनिले ठूलो क्षतीको सामना गर्नुपर्यो । ठूलो योगफल तयार गर्ने उद्देश्य सहित ब्याटिङ थालेको लुम्बिनीले ६ विकेट रणआउट बाट नै गुमायो । ठुलो योगफल खडा गर्ने लक्ष्य भने लुम्बिनीले आश मारेन । ४ विकेट समाप्ती सँगै कडा योगफल तयार गर्ने लक्ष्य सहित मैदानमा उत्रिएकि लुम्बिनी प्रदेशकि कप्तान नेरी थापा शून्य रणमै एलबिडब्लु आउट भएपछि लुम्बिनीले ठूलो योगफलको आश भने गुमाउनु पर्यो । कप्तान नेरी थापा १ बल डट खेल्दै दोस्रो बलमा आउट भएपछी शून्य रणमै पेभिलिएन फर्किईन । लुम्बिनिका लागि नितु भण्डारीले ३० बल खेल्दै १ चौकाको मद्दतमा २१ रणको योगदान दिईन । त्यस्तै सर्मिला मगरले १९ बलमा ७ रणको योगदान गरिन भने लक्ष्मी चौधरीले ६ रण बनाईन । दोहोरो साझेदारी गर्न नसक्दा नै लुम्बिनी प्रदेशले लज्जासपद हार ब्यहोर्नु परेको हो ।
    सरस्वती घर्ती, नितु भण्डारी, स्वस्तिका बजगाँई लाई प्रदेश १ कि सँगित राईले रणआउट गराएपछी लुम्बिनिलाई ठूलो झट्का पर्यो ।

    बलिङ तर्फ प्रदेश १ का सँगिता राई र निग्मा तामाङले समान २/२ विकेट हात पारे । निग्माले नै लुम्बिनी प्रदेशकि कप्तान नेरी थापालाई आफ्नो ओभरको दोस्रो बलमै एलबिडब्लु आउट गरेकि थिईन । त्यस्तै प्रदेश १ कि कप्तान रुबिना क्षत्रीले ३ ओभरमा ११ रण खर्चिएर १ विकेट लिन सफल भईन ।
    झिनो ५३ रणको लक्ष्यका साथ मैदानमा उत्रिएको प्रदेश १ ले शून्य विकेटको क्षतिमा ८.५ बलमै लक्ष्य भेट्टायो । प्रदेश १ लाई जित दिलाउन कप्तान रुबिना क्षत्री र काजल श्रेष्ठलेको साझेधारी कै कारण लुम्बिनीले लज्जासपद हारको सामना गर्नुपर्यो । रुबिनाले ३० बलमा २ चौका र १ छक्काको मद्दतले सर्बाधिक २६ रणको योगदान दिईन । लुम्बिनी प्रदेशकि कप्तान नेरी थापाको बलिङमै रुबिनाले छक्का प्रहार गरेकि थिईन । त्यस्तै काजलले २३ बल खेल्दै २ चौकाको मद्दतमा २२ रणको योगदान गरिन् । प्रदेश १ को नेतृत्व गरेकि रुबिना क्षत्री महिला राष्ट्रिय क्रिकेट टिमकि कप्तान समेत हुन ।

    आईतबार एपिएफ र प्रदेश १ बिच फाईनल भिडन्त खेल रोमाञ्चक हुने आयोजकले बताएको छ ।

    शनिबार, पुष १८, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि सुर्खेतमा
    लुम्बिनी प्रदेशमा राष्ट्रपति रनिङ शिल्डका पदक विजेता खेलाडीलाई नगदसहित सम्मान
    जुम्लामा हाई अल्टिच्युड ट्रेनिङ सेन्टरको शिलान्यास
    इटालीमा इतिहास रचेकी अल्ट्रा धाविका सुनमाया बुढा शिक्षामन्त्रीबाट सम्मानित
    फिफाद्वारा एन्फा निलम्बित
    ४१ वर्षको उमेरमा पनि रोनाल्डोको कीर्तिमान यात्रा जारी

    लोकप्रिय

    • १.
      जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

    • २.
      प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी

    • ३.
      ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित

    • ४.
      आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार

    • ५.
      भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५

    • ६.
      सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण

    भर्खरै

    • १.
      कैलालीमा आजदेखि जापानिज इन्सेफलाइटिसविरुद्ध विशेष खोप अभियान

    • २.
      बिग्रिएका सडकको गुनासो दर्ता गर्न ‘सडक सुझाव एप’

    • ३.
      विपद् व्यवस्थापनका लागि सर्वदलीय संसदीय विशेष समिति गठन गरिने

    • ४.
      देवघाटमा १० सुकुम्बासी परिवारलाई लालपुर्जा

    • ५.
      आमालाई ६ महिना, बुबालाई ४२ दिन प्रसूति स्याहार बिदा प्रस्ताव

    • ६.
      पाठ्यक्रम परिमार्जनका लागि देशभरबाट आए यस्ता सुझाव

    • ७.
      लोक सेवा आयोगले बुझायो मुख्यमन्त्री आचार्यलाई सातौँ वार्षिक प्रतिवेदन

    • ८.
      सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाटै तलब असुलिने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation