अनिल खत्री, गुल्मी । गुल्मीमा आर्थिक वर्ष २०७७÷०७८ को प्रथम चौमासिक बजेट खर्च १० लशमलव ६४ प्रतिशत भएको छ । कोष तथा लेखा नियन्त्रकको कार्यालयका अनुशार गुल्मीमा आर्थिक वर्ष २०७७÷०७८ मा ८ अर्ब ४ करोड ५४ लाख ४१ हजार विनियोजन भएको थियो ।
खर्चको प्रतिशत हेर्दा चौमासिक विभाजनको आधारमा ६८ प्रतिशत र बार्षिक बजेटको तुलनामा २४.४३ प्रतिशत हुन् आएको हो । पहिलो चौमासिकमा खर्च गर्नु पर्ने रकम २ अर्ब ८६ करोड ३८ लाख ६ हजार रहेको छ ।
जसमा विनियोजित रकम मध्ये बास्ताविक खर्च १ अर्ब ९६ करोड ५२ लाख रकम ६२ हजार खर्च भएको महालेखा नियन्त्रक कार्यालय कोष तथा लेखा नियन्त्रक कार्यालय गुल्मीले जनाएको छ । प्रदेश तर्फ कार्यालयहरुले खर्च गर्नुपर्ने लक्ष्य कुल बजेट १ अर्ब ७९ करोड ९९ लाख ३३ हजार रहेको छ ।
जस मध्ये बास्तविक भएको खर्च १९ करोड ११ लाख ८० हजार रहेको छ । खर्चको प्रतिशत हेर्दा चौमासिक विभाजनको आधारमा २५.६१ प्रतिशत र बार्षिक बजेटको तुलनामा १०.६४ प्रतिशत हुन् आएको छ ।
संघिय कार्यालय तर्फ खर्च हुने बजेट ६ अर्ब २४ करोड ८५ लाख ८ हजार हो । यस अवधिमा जम्मा १ अर्ब ७७ करोड ४० लाख ८१ हजार खर्च भएको महालेखा नियन्त्रक कार्यालय कोष तथा लेखा नियन्त्रक कार्यालय गुल्मीका प्रमुख विष्णुप्रसाद ज्ञवालीले बताए ।
खर्चको प्रतिशत हेर्दा चौमासिक विभाजनको आधारमा ८३.७९ प्रतिशत र बार्षिक बजेटको तुलनामा २८.३९ प्रतिशत भएको छ । जिल्लाका स्थानीय तहमा गएका अनुदानका कार्यक्रममा गएको रकम फिर्ता आउँदा २८ करोड राजस्व संकलन भएको छ ।
यस अवधिमा राजस्व संकलन ४३ करोड ९२ लाख ११ हजार उठेको ज्ञवालीले बताउनुभयो । जसमध्ये प्रदेश तर्फ ४ करोड १५ लाख ७० हजार र संघ तर्फ ३९ करोड ३९ करोड ४० लाख ७६ हजार रहेको छ ।
उक्त रकम राजस्व भन्दापनि अनुदानको फिर्ता भएर आएको रहेको हो । जिल्लाका स्थानीय तहमा गएका अनुदानका कार्यक्रममा गएको रकम फिर्ता आउँदा २८ करोड राजस्व संकलन भएको ज्ञवालीले बताए ।
जिल्लाका स्थानीय सरकारहरुले रकम खर्च गर्न नसक्नुको कारण कोभिड–१९ र गृह मन्त्रालयले नदी जन्य पदार्थ उत्खन्न गर्न निषेध गरेको कारण बजेट खर्च नभएको स्थानीय सरकारका प्रमुखले बताएको महालेखा नियन्त्रक कार्यालय कोष तथा लेखा नियन्त्रक कार्यालय गुल्मीले जनाएको छ ।