• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज १३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

टिमुरेको टेलिफोन टावरमा सोलार जडान

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

लोकप्रिय समाचार

  • १. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • २. एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

  • ३. अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

  • ४. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ५. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

  • ६. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

  • ७. जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

  • ८. जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु

  • ९. प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

  • १०. बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

गुल्मीमा उन्नत मकै वीउको मुल्य निर्धारण


  •   बिहिबार, मङि्सर २५, २०७७ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । कृषकहरु द्वारा उत्पादित कृषिजन्य उत्पादनहरुले उचित मुल्य नपाएको गुनासो आइरहेका बेला गुल्मीमा मकै वीउको मुल्य निर्धारण भएको छ । जिल्लाभर मकै वीउको समान मुल्य कायम गर्न तथा वीउको बजारिकरणमा सहजता ल्याउनका लागि जिल्ला परियोजना कार्यान्वयन समन्वय तथा अनुगमन समितिको बैठकले मकै वीउको जिल्ला दररेट कायम गरेको छ ।
    मनकामना–३ र देउती जातको प्रति के.जी रु.६०, मनकामना–६ र रामपुर कम्पोजिट जातको प्रति के.जी. रु.६५ तथा अरुण–२ जातको प्रति के.जी. रु.७४ जिल्ला दररेट निर्धारण गरिएको छ । गत बर्षको जिल्ला दररेट क्रमश रु.५२, ५६ र ६५ रहेको थियो ।  जिल्लामा उत्पादित कृषिजन्य बाली तथा वस्तुहरुलाई उत्पादन, ओगटेको क्षेत्रफल आदिका आधारमा यस्को थप व्यवसायिकरण तथा सबलीकरणको लागि क्रमश सुन्तलाजात फलफूल, मकै, कफी, बाख्रा र आलु तथा मौरीलाई प्राथमिकता निर्धारणको लागि सिफारिस समेत गरेको छ । जिल्ला परियोजना कार्यान्वयन समन्वय तथा अनुगमन समितिका अध्यक्ष तथा जिल्ला समन्वय समिति गुल्मीका प्रमुख लक्ष्मण पराजुलीको अध्यक्षता, जिल्लाका सबै स्थानीय तहका प्रमुखहरु, वीउ उत्पादक कृषक समुहरसहकारीका प्रतिनिधि, कफी सुपरजोन, मकै तथा सुन्तलाजात फलफुल जोन सन्चालन समन्वय समितिका संयोजकहरु तथा सम्बन्धित बिभिन्न संघ संस्थार निकायका प्रतिनिधिहरु लगायतको उपस्थितिमा मुल्य निर्धारण गरिएको हो ।
    जिल्लामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई मकै जोन अन्तरगतका १५ वटा विभिन्न कृषक समुह, सहकारी तथा निजि फर्महरु द्वारा मनकामना–३, देउती, मनकामना–६, रामपुर कम्पोजिट र अरुण–२ जातको मकैको वीउ उत्पादन हुदै आइरहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई, गुल्मीका कार्यालय प्रमुख नारायण काफ्लेले बताए । यस बर्ष लामो समय सम्म बर्षात, अमेरिकन फौजि किरा तथा गवारो किराको क्षति जस्ता कारणले गत बर्षको तुलनामा यस बर्ष करिव २० प्रतिशतले मकै वीउको उत्पादनमा कमी आएको परियोजनाका कृषि अधिकृत सुमन खनालले बताए ।

    Advertisement


    गुल्मीबाट पाल्पा, स्याङ्गजा, अर्घाखाँची तथा रुपन्देही लगाएतका छिमेकी जिल्लाहरुमा समेत मकैको वीउ निर्यात हुदै आइरहेको छ । चक्लाबन्दीमा पकेट तथा ब्लक कार्यक्रम सञ्चलनको लागि सहकारी संस्था तथा नीजि क्षेत्रलाई सहयोगको लागि १८ डिग्री भन्दा कम भिरालो भएका सिंचित फाँटमा गह्रा सुधार गरी चक्लाबन्दी खेती गर्न लागत साझेदारी सहित सहकार्य गर्न स्थानीय तहलाई पहलकदमी लिन परियोजना कार्यान्वयन इकाई प्रमुख काफ्लेले अनुरोध गरे ।
    जिल्लाका सबै स्थानीय तहका केही विशेष ठाँउमा गह्रा सुधार मार्फत चक्लाबन्दी खेतीको सम्भावना भएकाले सो नमूना कार्यक्रमलाई अगाडि बढाउन मुसिकोट नगरपालिका तयार रहेको र परियोजनासँग समन्वय तथा सहकार्य गरेर अगाडि बढ्ने मुसिकोट नगरपालिकाका प्रमुख सोमनाथ सापकोटाले प्रतिबद्दता व्यक्त गरे ।
    जिल्ला समन्वय समितिका प्रमुख लक्ष्मण पराजुलीले गह्रा सुधार मार्फत चक्लाबन्दी कार्यक्रम कार्यान्वयन गर्दा उत्पादन लागत घट्ने बताए । उत्पादन तथा उत्पादकत्व समेत बढ्ने भएकाले सबै स्थानीय तहले यो नमूना कार्यक्रमलाई कार्यान्वयनको लागि आवश्यक सहकार्य गरेर अगाडि बढ्न सुझाव दिए ।
    प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले कृषिमा क्षेत्रमा दिगो व्यवसायिकरणको लागि चक्लाबन्दी कार्यक्रमको अवधारणा ल्याई कार्यान्वयनको चरणमा रहेको छ ।

    बिहिबार, मङि्सर २५, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा
    सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम
    भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने
    टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • २.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना

    • ३.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको

    • ४.
      भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण

    • ५.
      टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    • ६.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको

    भर्खरै

    • १.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • २.
      लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

    • ३.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • ४.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    • ५.
      ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

    • ६.
      तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

    • ७.
      सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

    • ८.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...