अनिल खत्री, गुल्मी । गुल्मी सदरमुकाम तम्घासमा खानेपानीको समस्यालाई दिर्घकालिन रुपमा समाधान गर्ने उदेश्यले गौरवको आयोजना अन्र्तगत खानेपानी निर्माणको लागि शिलान्यास गरिएको छ ।
तम्घास बजारमा भइरहेको खानेपानीको समस्या हल गर्न जिल्लाको रेसुङ्गा नगरपालिकाको गौरवको आयोजना ‘रेसुङ्गा भाडगाँउ, मझेङ खोला’ खानेपानी आयोजना निर्माणका लागि शिलान्यास गरिएको गरिएको हो । जलवायु अनुकुलित बृहत खानेपानी आयोजना अन्र्तगत रेसुङ्गा नगरपालिकामा खानेपानीको समस्या समाधानका लागि रेसुङ्गा भाडगाँउ, मझेङ खोला खानेपानी आयोजनाको निर्माण कार्य सुरु भएको छ । खानेपानीको निर्माणको लागि रेसुङ्गा नगरपालिकाका नगरप्रमुख डिल्लीराज भुसालले एक कार्यक्रमका बिच शिलान्यास गरेका गरेका हुन्।
गौरवको रुपमा सञ्चालन भएको आयोजनाको समयमै काम सम्पन्न गर्न समेत निर्माण व्यवसायीलाई रेसुङ्गा नगरपालिकाका मेयर डिल्लीराज भुसाल आग्रह समेत गर्नुभयो । आफनै कार्याकालमा नगरवासीलाई खानेपानी पुराउने आफनो सपना पुरा हुने नगरप्रमुख भुसालले बताउनु भयो ।
संघीय खानेपानी आयोजना डिभिजन कार्यालय अर्घाखाँची, उपभोक्ता समिति, तथा त्यस खानेपानी आयोजना निर्माणको जिम्मा लिएको कन्काई जयमाता जेभी प्रालिले निर्माणको जिम्मा लिएको छ । खानेपानी निर्माणको लागि २५ करोड १२ लाख लागत स्टमेटको सम्झौताको गरिएको छ ।
यो खानेपानी संचालनमा आएपछि कम्तिमा २० वर्षसम्म नगरपालिकामा पानीको अभाव नहुनेगरि निर्माण गनै लागिएको संघीएखानेपानी आयोजना डिभिजन कार्यालय अर्घाखाँचीका इन्जिनियर बिजय खरेर बताए । यो योजना सम्पन्न भएपछि नगरपालिकाको १४ वटै वडाहरुमा गुणस्तरिय शुद्ध खानेपानी घरघरमा पुर्याउने अक्ष्य नगरपालिकाले लिएको छ ।
यस खानेपानी आयोजना २१ महिनाभित्र सम्पन्न गरिसक्नुपर्छ । रेसुङ्गा नगरपालिकामा पछिल्लो केहि वर्ष यता तम्घास वासीले खानेपानीको समस्या झेल्दै आएका थिए । खानेपानीको समस्या भएपछि तम्घासमै जमिन मुनिबाट बोरिङ्ग गरेर खानेपानी निकालिएको थियो ।