• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असोज ११, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ३. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ४. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ५. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ६. नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

  • ७. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ८. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • ९. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • १०. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

रेसुङ्गा गुफाखोलाको मसान


  •   शुक्रबार, मङि्सर १२, २०७७ मा प्रकाशित
  • – कृष्ण विश्वकर्मा (विजय)
    धेरै ठाउँ घुमिएको छैन । साथीहरुले अमेरिका, युरोप, दुवई, थाईल्याण्ड पुगेर घुमेर मस्ति गरेका फोटाहरु फेसबुकतिर पोस्टाउदा पनि मन कटक्क खान्छ । अरुकै रमाइलो हेरेर चित्त बुझाईएको छ । विदेश घुम्न त अलि आर्थिक हैसियत भएन देश भित्र आफ्नै जिल्ला पनि त्यति घुमिएको छैन । आफ्नै गाउँको रेसुङ्गा चाहि मजाले घुमिएको छ करीबकरीब पाईपाई थाहा छ त्यसैले मैले धेरै रेसुङ्गाकै बारेमा लेख्ने गर्छु ।

    Advertisement

    रेसुङ्गा पोखरी नजिक गुफाखोला छ । घना जंगलका कारण अध्यारो खोल्सी भएर गुफा भनिएको वा साच्चिकै गुफा भएर भनिएको हो यो अध्ययनकै पाटो छ । आजभोली तम्घासबासीले मान्छे मर्दा दाहसस्कारको लागि रिडीमा शव लैजाने गर्छौ पहिला कच्चिबाटो, लामो दुरी अनि यातायातका साधनको सहज उपलब्धता नहुँदा यही गुफाखोलामा शव लगेर दाहसस्कार गर्ने गरिन्थ्यो ।  हामीहरु पहिले घाँसदाउरा गर्नको लागी गुफाखोला, पोखरी, कालापाताल सम्म पनि पुग्ने गरिन्थ्यो । मान्छे जलाउने स्थान भएकोले यस गुफाखोलामा मसानको बास हुन्छ । मसानले डराउन दिन्छ छल्छ भनेर हामीलाई अलि बढी उमेरकाले भन्ने गर्थे । यस्ता भनाईमा खासै सत्यता थिएन जस्तो लाग्छ यो एक किसिमको मनोवैज्ञानिक त्रास थियो । हामीहरु विदाको समय प्राय रेसुङ्गा घाँसदाउराको लागि जाने गथ्र्यौ । म १४/१५ वर्षको आसपास उमेरको हुँदोहुँला ५ जना ठिटाहरु रेसुङ्गा पोखरी पुगियो । पोखरीको चौरमा मजाले घाम ताप्दै तास खेलियो । तास खेल्न म ११ वर्षको उमेरदेखि नै जानेको थिए । वन जाँदा घरकाले थाहा नपाउने गरी लुकाएर पुरा पत्ति नभएको तासको बुक पनि साथमै हुन्थ्यो । घडी कसैसँग थिएन । रेसुङ्गा अग्लो डाडा भएकोले घाम ढिलो अस्ताउने हामी चाही खानीगाँउमै बसेको भ्रममा परिएछ । घाम माथि नै छ समय बाकी छ भन्दै मजाले तास खेलियो । जव घाम डुब्यो तव न हामी झसँग भयौ । घाँसदाउरा त जसरिपनि खोज्नै पर्ने बाध्यता नत्र घरमा राम्रोसँग रामधुलाई नै पाईन्थ्यो । अब के गर्ने भनेर पाँचै जनाले सल्लाह गरियो विकल्पमा गुफाखोलाकै दाउरालाई भारी बनाएर लैजानेमा सहमती भो । मान्छे जलाउन भनेर जम्मा गरिएका तर बाकी रहेका ठुलोशेरेका दाउरा त्यहाँ सधै उपलब्ध हुन्थे । तिनै दाउराको भारी बनाईयो । दाउराको भारी बनाईसक्दा झपक्कै रात परेको थियो हिउँदको जुनेली रातले हामीलाई धेरै राहत दियो । दाउरा पाईएन चिरुवा दाउरा ल्याउदा वनहेरालुले कारबाही गर्ने डरले लुकेर आउँदा ढिलो भएको भनेर घरमा पनि कुरो मिलाईयो ।
    यो घटना पछि त्यहाँ भुत मसान हुन्छ भन्ने कुरामा मलाई पटक्कै विश्वास भएन । हामीमध्ये काहीकसैलाई मसान लागेन मसानले छलेन । कोही विरामी भएन । मान्छे जलाउन काटीएका दाउराले पकाएर खाईयो खै केही भएन । यो भुत मसान भन्ने कुरा सब वाईयात हुन । अहिले नेपालको राजनितिमा पनि मसानको भ्रम फिजाईएको छ । अहिलेको गणतन्त्र, संघियता, धर्मनिरपेक्षता, समानुपातिक समाबेशिता साना दुःखले आएको हैन । राज्यपक्ष र विद्रोही गरी १७ हजारको रगत बगेको छ । लाखौ घाईते अपाङ्ग छन । १० वर्षे बालकदेखि ८२ वर्षे गिरिजा जस्ता लाखौको टाउकोबाट रगत यही गणतन्त्रको लागि बगेको छ । दुईचार हजारका जुलुस प्रदर्शन गरेर मसान सरी भएको राजसंस्था फिर्ता आउन सक्दैन । केही नेता गलत होलान । केही नेताका अनुहार हेरेपछि कोही कसैलाई भात नै नरुच्ला तर गणतन्त्रको विकल्प गणतन्त्र नै हो बहुदलीय व्यवस्थाको विकल्प बहुदलीय व्यवस्था नै हो । नेता, पार्टी परिवर्तन होलान तर व्यवस्था परिवर्तन हुँदैन । यदी राजा नै चाहिन्छ जस्तो लाग्छ भने पार्टी खोलेर चुनाव लडे हुन्छ ।

    चुनाव जितेर भएका संविधान खारेज गरेर फेरि राजसंस्था कायम गरे भो । बेला न कुबेला दुईचार हजार मान्छेका जुलुस प्रदर्शन गरेर मसान सरी भएको राजसंस्था फिर्ता आउन सक्दै सक्दैन अलिअलि छल्न तर्साउन पनि सक्दैन ढुक्क भएर बसौ ।

    शुक्रबार, मङि्सर १२, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा
    सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?
    भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • ३.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    • ४.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ५.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ६.
      नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    भर्खरै

    • १.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • २.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ३.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ४.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ५.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ६.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ७.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ८.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation