• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज १३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

टिमुरेको टेलिफोन टावरमा सोलार जडान

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ३. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ४. एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

  • ५. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ६. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

  • ७. अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

  • ८. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

  • ९. जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

  • १०. प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

बर्दघाटमा मापदण्ड विपरीत वस्तु बेच्ने व्यापारीलाई जरिवाना


  •   शुक्रबार, असोज ३०, २०७७ मा प्रकाशित
  • परासी । जिल्ला बजार अनुगमन समितिले आज पश्चिम नवलपरासीको बर्दघाटका विभिन्न बजारमा अनुगमन गरेको छ ।सहायक प्रमुख जिल्ला अधिकारी जोरासिंह माझिको नेतृत्वमा गएको टोलीले मापदण्ड विपरीत वस्तु विक्री वितरण गर्ने व्यापारीलाई जरिवाना गरेको छ ।
    सो बापत रू. १ लाख ८० हजार राजस्व संकलन भएको छ । उपभोक्ताको सूचनाको आधारमा अनुगमन टोली त्यहाँ पुगेको थियो। अनुगमन टोलीले बर्दघाट वडा नं. १, ४ र ७ का किराना, हार्डवेयर, फेन्सीलगायत ९ वटा पसलहरुमा अनुगमन गरेको हो भने बर्दघाट–१२ चौपत्तामा गत असोज २५ गते गरिएको अअनुगमनको क्रममा शिल गरिएको सूर्य मसला उद्योगले सबै मापदण्ड पुरा गरेपछि आज शिल खोलिएको छ । उद्योगलाई तोकिएको रू. ६० हजार जरिवाना भुक्तान गरेको तथा आवश्यक सम्पूर्ण कागजात पेश गर्नुका साथै साईनबोर्ड राखेको र प्याकेजिङको पनि अनुमति लिएकोले उद्योगमा लगाइएको शिलबन्दी आज स्थानीय वडाका जनप्रतिनिधि, प्रहरी, उपभोक्ता हित संरक्षण मञ्च, जिल्ला प्रशासन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालयका प्रतिनिधिको रोहबरमा खोलिएको सहायक प्रमुख जिल्ला अधिकारी माझिले बताए । अनुगमन टोलीले आज मापदण्ड विपरीत वस्तु विक्रीवितरण गरी उपभोक्ता ठगि गरेको अभियोगमा बर्दघाट–७ का एञ्जेल्स एन्ड एलेक्स फन्सी, जिमिरेभार टेडर्स र श्रीकृष्ण इन्टरप्राइजेजलाई रू ६० हजारका दरले जरिवाना गरिएको सहायक प्रजिअ माझिले बताए । जिल्ला प्रशासन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, उपभोक्ता हित संरक्षण मञ्च, पत्रकार, सुरक्षाकर्मीसहितको उक्त टोलीले अनुगमन गर्दा बर्दघाट–१ को बाल्मिकी स्टोर्समा मूल्यसूची नभएको, म्याद गुज्रेका सामान छुट्टै नराखेको पाइएको थियो । उक्त पसलबाट बोतलमा विक्री गरिरहेको अवस्थामा दश बोत्तल पेट्रोल तथा म्याद नागेका पेप्सी १ बोत्तल, जुस, ट्वालेट क्लीनर जफत गरी नष्ट गरिएको छ ।बर्दघाट–७ का जिमिरेभार टेडर्सबाट लेभल नभएका मह, म्याद गुज्रेका कम्पेलेन, गुल्कोज लगायतका वस्तु जफत गरि नष्ट गरिएको छ । मूल्यसूची अपडेट नभएको तथा साइनबोर्ड पनि नभएको र म्याद गुज्रेका वस्तु विक्री वितरण गरेकोले रू. ६० हजार जरिवाना पनि गरिएको टोलीले जनाएको छ । सोही स्थानको एञ्जेल्स एन्ड एलेक्सी फेन्सीले अनुमति नलिई फेन्सी, जुत्ता, चप्पल खरिद विक्री गरेको पाईएपछि पुँजी वृद्धि गर्न सचेत गराउँदै रू.६० हजार जरिवाना गरिएको छ । यस्तै जिमिरेभारकै श्रीकृष्ण इन्टरप्राइजेजमा म्याद नाघेका कलर पेन्ट र लेभल नभएका ताडपिन तेल फेला पारी नष्ट गर्नुका साथै रु ६० हजार जरिवाना गरेको छ । उक्त पसलबाट म्याद नाघेका कलर टेन्ड विस लिटर, डाँफे ईनामेल आठ डिब्बा, पशुपति ईनामेल पन्ध्र डिब्बा, ताडपिन दश लिटर लगायत जफत गरिएको थियो । सोही स्थानको जिसी हार्डवेयरमा पनि अनुगमन गर्दा लेभल नभएको २० लिटर ताडपिन तेल जफत गरी नष्ट गरिएको छ । बर्दघाट–४ को रम्भादेवी सप्लायर्सले मूल्यसूची नराखेको, साईनबोर्ड नभएको, उपभोक्तालाई विल नदिने गरेको,म्याद गु्रजेका सामान छुट्टै नराखेको पाईएपछि सुधार गर्न सचेत गराईएको अनुगमनमा सहभागि घरेलु तथा साना उद्योग कार्यालयका लल्लन कुर्मीले बताए ।
    उक्त पसलबाट म्याद नाघेका ३३ प्याकेट किसमिस, नरिवल एक केजी, सूर्ति दुई प्याकेट जफत गरी नष्ट गरिएको छ । सोही स्थानको केशव दाजुभाई फेन्सीलाई दर्ता प्रमाणपत्र देखिने गरी फ्रेममा राख्न निर्देशन गरिएको छ । सोही स्थानको रुपक एण्ड विनोद मदिरा पसलले उपभोक्तालाई विल नदिने गरेकोले सचेत गराईएको छ ।जफत गरिएका वस्तुहरु इलाका प्रहरी कार्यालय बर्दघाटमा स्थानीयवासी र पत्रकारको रोहबारमा नष्ट गरिएको थियो ।

    Advertisement

    शुक्रबार, असोज ३०, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा
    सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम
    भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने
    टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ३.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह

    • ४.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना

    • ५.
      भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण

    • ६.
      टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    भर्खरै

    • १.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • २.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    • ३.
      ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

    • ४.
      तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

    • ५.
      सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

    • ६.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    • ७.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

    • ८.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation