प्रतिनिधिसभा सांसद सानु शिवाको निधन

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को तर्फबाट प्रतिनिधिसभा सदस्य रहेकी सांसद सानु शिवाको निधन भएको छ।

सांसद सिवाको आज विहान सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा निधन भएको नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्बाङले जनाकारी दिए। उनि पार्टी एकता अघि तत्कालिन एमालेको तर्फबाट समानुपातिक कोटाबाट सांसद भएकी थिइन् ।

उपनेता नेम्बाङका अनुसार उनको स्वास्थ्यमा अकस्मात समस्या देखिएपछि अस्पताल भर्ना गरिएपनि उनको स्वास्थ्य अवस्था दिन प्रतिदिन नाजुक हुँदै गयो। र, बुधबार विहान निधन भयो।

Sharing Now!

You might also like

Comments are closed.