दाङमा भारतबाट भित्राइएका ६२ वटा खसी नियन्त्रणमा

दाङ । राजश्व छलेर भारतबाट नेपाल भित्राइएका ६२ वटा खसी सशस्त्र प्रहरीले दाङबाट नियन्त्रणमा लिएको छ ।

भारतसँग जोडिएको कोइलाबास नाकाबाट मिनी ट्रकमा राखेर भित्राइएका खसीहरु दाङको सशस्त्र प्रहरी बल अर्जुनखोलाले गएराति नियन्त्रणमा लिएको हो । रा १ ख १३१५ नम्बरको मिनी ट्रकमा राखेर भित्राइएका ६२ वटा खसी गएराति करिब १० बजेतिर नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी बल ज्वालामाई गण भालुवाङका एसपी टोपबहादुर खनालले जानकारी दिनुभयो ।

उहाँका अनुसार खसी नेपाल भित्राउने सम्बन्धित व्यक्ति फेला परेका छैनन् । ट्रक र खसीहरु नेपालगन्ज भन्सार कार्यालयमा बुझाइएको एसपी खनालले जानकारी दिनुभयो । ती खसीहरु दशैंलाई लक्षित गरी कुनै व्यापारीले भित्राएको हुनसक्ने अनुमान गरिएको छ ।

Sharing Now!

You might also like

Leave A Reply

Your email address will not be published.