काठमाडौं। यो वर्षको दशैं टीकाको साइत बिहान १०ः१९ बजे जुरेको छ ।
नेपाल पञ्चाङ्ग निर्णायक समितिले सार्वजनिक गरेको साइतअनुसार बिहान १०ः१९ बजे उत्तम साइत जुरेको हो ।घटस्थापनाको साइत कात्तिक १ गते शनिबार बिहान ११:४६ बजे शुभ रहेको समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए। ‘विजयादशमीमा साइत नै खोजेर टीका लगाउनेका लागि भने बिहान १०ः१९ बजेको साइत उत्तम छ ।’ उनले भने’
विसं २०७७ कात्तिक १ गते शनिबारदेखि नेपालीको महान् चाड बडादशैँ शुरु हुँदैछ। दशैँको मुख्य दिन कात्तिक १० गते सोमबार विजयादशमी पर्व परेको छ।
चान्द्रमासअनुसार प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म १५ दिन मनाइने दुर्गा पक्ष अर्थात् बडादशैँ पर्व यस वर्ष अधिकमास अर्थात् मलमासका कारण कात्तिक १ गतेदेखि शुरु हुँदैछ । मलमासका कारण यस वर्षका अब आउने सबै चाडपर्व केही ढिला हुन्छ।