• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, मङि्सर १४, २०८०
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

रास्वपाको उपसभापतिमा स्वर्णिम वाग्ले

रुसी सेनामा कार्यरत नेपालीको पीडा : न ज्यान रह्यो, न कमाइ भयो

सरुमारानी गाउंपालिका र हेफरबीच सहकार्य, सम्झौता पत्रमा हस्ताक्षर

तनहुँ बस दुर्घटनामा दुई जनाको मृत्यु

रित्तिने अवस्थामा त्रिवि विभाग

गुल्मी कांग्रेसले युवा उद्यम सञ्चालन गर्ने

गाउँपालिका अध्यक्ष चन्दद्वारा प्रध्यापकहरुसंग छलफल

कपिलबस्तुमा बसको ठक्करबाट एक जनाको मृत्यु

परीक्षा दिने सर्लाही, नाम निकाल्ने गुल्मी

लोकप्रिय समाचार

  • १. सडक चौडा गर्न गहना-प्युठान खण्ड बन्द

  • २. गणेश चौलागाईंको ‘दुश्मन खुसी’ मा राज सिग्देलको स्वर

  • ३. ‘गाउँ फर्किरहेको परदेशी’ बिमोचन

  • ४. नेपालमा अब राजतन्त्र फर्किनै सक्दैन् : विप्लव

  • ५. माग पूरा नभएसम्म आन्दोलन रोकिँदैन : दुर्गा प्रसाईं

  • ६. भुकम्प प्रभावित क्षेत्रका लागि गयो वाईसिएल र अखिल प्युठानको टोली

  • ७. वार्षिक उत्सवको अवसरमा सेवाग्रहीलाई सम्मान

  • ८. बैठकभत्ताबाट बालबालिकालाई पोसाक

  • ९. राष्ट्रिय सभा सदस्य निर्वाचन माघ ११ गते गर्न आयोगको सुझाव

  • १०. निर्वाचन अन्तर्राष्ट्रिय सम्मेलन हुने

पत्रकारितासँगै कृषि र मौरीपालन व्यवसाय 


  •   बुधबार, असोज ०७, २०७७ मा प्रकाशित
  • थम्मन थापा, बागलुङ।  कोरोनाले अहिले विश्व नै संकटमा छ । गलकोटबाट पहिले रोजगारीको सिलसिलामा विदेश जाने नागरिकको लर्को थियो । अहिले यो क्रम घटेको छ ।

    Advertisement

    कोभिड १९ को माहामारीको कारण विदेशमा पनि अहिले उद्योग व्यवसाय होटल रेस्टुरेन्ट अहिले धरासायी बनिरहेका छन । धेरै युवाहरुले रोजगार गुमाएका कैयौं खबरहरु सार्वजनिक भइरहेका छन्। अहिले नेपालमा पनि कृषि र पशुपालन क्षेत्रमा धेरै सम्भावनाका ढोकाहरू खुलेका छन् । नेपाल सरकारले कृषि र पशुपालनमा अनुदान समेत प्रदान गर्दै आइरहेको छ । पछिल्लो समय कृषि र पशुपालनमा युवाहरुको आकर्षण समेत वृद्धि हुँदै गइरहेको छ । लामो समय शिक्षण पेशामा आवद्ध भएर विदाई भएपछि अहिले स्थानीय स्तरमा पत्रकारितासँगै कृषि क्षेत्रमा सम्वृद्धिको सम्भावना खोज्ने युवा हुन गलकोट नगरपालिका – ९ छिसका मित्रलाल खरेल । खरेलले गलकोट कृषि तथा पशुपलन बिक्री केन्द्र नामक फर्म स्थापना गरेर अहिले कृषि र मौरी पालन व्यवसाय सुरुवात गरेका छन् । स्थानीय यम भुजेल र खरेलले छिसमा अहिले झण्डै १ सय बढी मौरीको घारमा मौरी पालन गरेर आर्थिक सम्वृद्धिको बाटो रोजेका छन् । परम्परागत कृषि प्रणाली मार्फत आर्थिक सम्वृद्धि नहुने र मात्रै जीविकोपार्जन हुने भन्दै आफूहरु आधुनिक कृषि प्रणाली र मौरी पालनमा लागेको उनले बताए । थोरै लगानी, कम मेहनत हुने भएकाले आफूहरुले मौरी पालन व्यवसाय रोजेको खरेलको भनाइ छ । खरेलले मौरीपालन सँगै कागती खेती,तरुल खेती र तरकारी खेतीलाई सँगसँगै एकसाथ अगाडि बढाएको उल्लेख गरे । घर वरिपरि रहेको खेतमा धान नरोपी सबै खेतमा कोदो रोपेर त्यसको संरक्षणमा समेत उनी सक्रिय छन् । एउटा व्यवसायिक कृषकको रूपमा आफूलाई चिनाएका खरेलले अहिले बारीमा ५ सय कागतीका विरुवा रोपेका छन् । उनको कागती बगैचामा धेरै जसो बोटहरूले फल लगाई सकेका छन । यति मात्र होइन जमीन खेर नजाओस भन्ने हेतुले सयौं तरुलका झाल, विभिन्न प्रजातिका केरा, सुन्तला आदिले त्यहॉ पुग्ने जो कसैलाई त्यसले लोभाउने गर्दछ । मध्य पहाडी लोकमार्ग अन्तर्गत गलकोट नगरपालिका वडा नं ९ बडगाउँबाट करिब १० मिनेटको गाडी यात्रा र ३० मिनेटको पैदल यात्रा पछि त्यहाँ पुग्न सकिन्छ । उनको बगैंचा र मौरीपालन मल्म रिघा सिसाखानी सडकको अाडमै पर्दछ । सहपाठी यम भुजेल लामो समय बडिगाड गाउँपालिका वडा नं ३ सिसाखानी र गलकोट नगरपालिका वडा नं १० पाण्डवखानीमा मौरीपालन व्यवसाय गर्दै आउनु भएको थियो । बजारको समस्याले अलि समस्या भएपनि अब भने सहज हुने भुजेलले बताए । अहिले स्थानीय लघु जलविद्युत मार्फत मौरीको घार निर्माण समेत गरेर बिक्री वितरण गर्ने तयारी भइरहेको समेत उनले जानकारी दिए ।भौगोलिक हिसाबले पनि उक्त ठाउँ आकर्षक देखिन्छ त्यहाँबाट मध्यपहाडी लोकमार्ग, दरम खोला, रिघा, कॉडेबास, मल्म सँगै छिमेकी जिल्ला गुल्मीको अर्लाङ्गकोटका दृश्य अवलोकन गर्न सकिन्छ । छिमेकी वडा रिघा पर्यटकीय र धार्मिक अनि सांस्कृतिक महत्त्व बोकेको ठाउँ भएकोले यस क्षेत्रमा रिसोर्ट आवश्यकता रहेको र निकट भविष्यमा रिसोर्ट निर्माण गर्ने योजना समेत बनाएको खरेलले बताए । लगानी गर्ने युवाहरु भए आफूले त्यहाँको व्यवस्थापकीय पक्षका लागि वातावरण निर्माण गर्न आफू तयार रहेको उनले बताए । मौरी पालन व्यवसायले अब बिस्तारै आम्दानीको श्रोत वृद्धि गर्दै लैजाने उनले अपेक्षा गरेका छन् ।

    उनीहरूको मौरीपालन र कृषि बगैचामा अहिले युवाहरु स्थलगत अवलोकन गर्न आउने गरेका छन्। खरेल गलकोट क्षेत्रमा रहेर १ दशक देखि पत्रकारितामा समेत आवद्ध रहेका छन्। उनी पत्रकारहरुको साझा संस्था गलकोट पत्रकार सामाज बागलुङका अध्यक्ष समेत रहेका छन् ।

    बुधबार, असोज ०७, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सरुमारानी गाउंपालिका र हेफरबीच सहकार्य, सम्झौता पत्रमा हस्ताक्षर
    ५० मुरीभन्दा बढी धान फलाउने कृषकलाई पुरस्कार
    भूकम्प प्रभावितलाई निःशुल्क विद्युत मिटर उपलब्ध गराउने
    गुल्मीको उपल्लो तम्घासमा चलेको महोत्सव सम्पन्न
    एमाले बाँके र बर्दियाद्वारा भूकम्प पीडितलाई राहत प्रदान
    घोराही उपमहानगरपालिकाद्वारा भूकम्प पीडितका लागि १५ लाख सहयोग

    लोकप्रिय

    • १.
      सडक चौडा गर्न गहना-प्युठान खण्ड बन्द

    • २.
      गणेश चौलागाईंको ‘दुश्मन खुसी’ मा राज सिग्देलको

    • ३.
      ‘गाउँ फर्किरहेको परदेशी’ बिमोचन

    • ४.
      नेपालमा अब राजतन्त्र फर्किनै सक्दैन् : विप्लव

    • ५.
      माग पूरा नभएसम्म आन्दोलन रोकिँदैन : दुर्गा

    • ६.
      भुकम्प प्रभावित क्षेत्रका लागि गयो वाईसिएल र

    भर्खरै

    • १.
      रास्वपाको उपसभापतिमा स्वर्णिम वाग्ले

    • २.
      रुसी सेनामा कार्यरत नेपालीको पीडा : न ज्यान रह्यो, न कमाइ भयो

    • ३.
      सरुमारानी गाउंपालिका र हेफरबीच सहकार्य, सम्झौता पत्रमा हस्ताक्षर

    • ४.
      तनहुँ बस दुर्घटनामा दुई जनाको मृत्यु

    • ५.
      रित्तिने अवस्थामा त्रिवि विभाग

    • ६.
      गुल्मी कांग्रेसले युवा उद्यम सञ्चालन गर्ने

    • ७.
      गाउँपालिका अध्यक्ष चन्दद्वारा प्रध्यापकहरुसंग छलफल

    • ८.
      कपिलबस्तुमा बसको ठक्करबाट एक जनाको मृत्यु

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • सञ्चालक: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2023 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation
    • Non Disclosure Agreement Remedies Clause
    • Example of Short Term Lease Agreement
    • Sample Privilege Clawback Agreement
    • Cbsa Strike Agreement
    • Lease Agreement Nb
    • Section 106 Planning Agreement
    • Agreement Is Negotiation
    • Mutual Logistics Support Agreement of India
    • Rent Agreement for Tax Deduction
    • What Happens When My Ee Apple Watch Contract Ends
    • What Is Lanthanide Contraction Class 12 Chemistry
    • Subscription Agreement Vs Llc Agreement
    • Role of Client Consultant and Contractor
    • Prisma Cloud License Agreement
    • How Many Witnesses Do You Need for a Tenancy Agreement
    • Condominium Sublease Agreement
    • Do You File an Operating Agreement with the State
    • Paris Agreement Falling Apart
    • Termination of Lease Agreement Notice
    • Tech Pack Agreement Id
     

    Loading Comments...