अनिल खत्री,गुल्मी । आज असोज १ गते अर्थात विश्वकर्मा पूजा गरेर देशभरका उद्योग कलकारखानाका मेसिन तथा फलामको पुजा गरी मनाएको छ ।
विशेष गरी धातुबाट बनेका उपकरण चलाउने मजदुरहरुले आजको दिन धुमधामसँग पुजाआजा गरी मनाउने गर्दछन् । विश्वकर्मा पूजामा वर्षभरि कुनै अप्रिय घटना नहोस् भनेर मेसिनको पूजा गर्ने चलन छ । सवारीका साधनलाई पनि बिहानै धोएर सफा पारी रिवन तथा विभिन्न ध्वजापताका लगाएर रंगीन बनाएर पुजा गरिन्छ । यसै अबसरमा गुल्मी जिल्लामा पनि सवारी साधनहरुको पुजा गरेर मनाइएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका –४ स्थित रागेढुंगा मन्दिरमा सवारी साधनको पुजा गराउन यातायात ब्यवसायी तथा मजदुरहरुको बिषेश भिड लागेको थियो । मन्दिरमा बिभिन्न स्थानबाट आएका सवारी साधनहरुको सामुहिक रुपमा पुजा गरिएको थियो। आजको दिनमा बिश्वकर्मालाई खुशि पार्न सकेमा बर्ष भरी फलिफाप हुने जनबिश्वास रही आएको छ। फलामको क्षेत्रमा काम गर्ने मजदुरहरुलाइ आजका दिन बिदा पनि दिने चलन छ ।
गुल्मीको राँगेढुंगामा विश्वकर्मा पूजा गरेर मनाइयो
गुल्मीको राँगेढुंगामा विश्वकर्मा पूजा गरेर मनाइयो
Advertisement
तपाईको प्रतिक्रिया