• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, पुष ०४, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद सम्पन्न

राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह

एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते ?

पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

ओलीले पार्टीलाई चरीनाङ्गो बनाए:केन्द्रीय सदस्य सिंह

देवदह नगरपालिकाले इस्मा खुल्ला क्रिकेट उपाधि जित्यो

स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?

काङ्ग्रेस प्यूठानको पार्टी कार्यालय भवनका लागि जग्गा खरिद

लोकप्रिय समाचार

  • १. एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते ?

  • २. पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

  • ३. राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह

  • ४. राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

  • ५. कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद सम्पन्न

घरेलुको कार्य सम्पादन सुस्त,अधिकृतको कार्यशैलीले सेवाग्राहि रुष्ट्र


  •   सोमबार, भदौ २९, २०७७ मा प्रकाशित
  • प्यार अलि खाँन,दाङ। घरेलु तथा साना उधोग कार्यालय दाङ घोराहीको कार्य सम्पादनमा ढिलासुस्ती एवं कर्मचारीहरुमा रुखो शैली रहेको सेवाग्राहीहरुले गुनासो गरेका छन्।
    कार्यालयको वाणिज्य शाखामा कार्यरत छैठौं अधिकृत तहका तुल्सीराम सुवेदीको कार्यशैली रुखो एवं ढिलासुस्ती रहेको सोमवार कार्यालयमा सेवा लिन आएका अधिकांस सेवाग्राहीको गुनासो रहेको छ। ‘विहान ११ बजे फर्मको नामसारी गर्न आएको थिए।’ तुल्सीपुर उपमहानगरपालिका- ८ का हुकुम बहादुर साहुले भने, ‘साँझ ५ बजे सम्मै लाग्यो काम बनाउन।’ कर्मचारीहरुको ढिलासुस्ती काम गर्ने रबैयाका कारण सामान्यतया १ घण्टामा हुने काम ६ घण्टा समय लगाईएको साहुले बताए। तुल्सीपुरबाटै पसलको ठाउँसारी गर्न आएका एक दम्पतिलाई ३ बजे नै काम हुन्न भनी फर्काइएको घोराही- १५ का नुरुल इस्लामले बताए। ‘खोलाले छेक्दा अलि समयमै उहाँहरु आउन नसक्नु भएको रहेछ।’ इस्लामले भने, ‘उहाँहरुको अनुरोधलाई अधिकृत सुवेदीले इन्कार गरे।’ इस्लाम नयाँ पसल दर्ताका लागि घरेलु कार्यालय पुगेका थिए। ‘मेरो पनि साँझ सम्मै लाग्यो।’ इस्लामले भने।
    पसल नयाँ दर्ता गर्न आएका घोराही-१५ का रोबरसिङ पुन पनि कर्मचारीको ढिलासुस्तीको सिकार बने। ‘१० बजे आएको हुँ। कार्यालय बन्द हुनेबेला सम्म बल्ल काम भयो।’ पुनले भने, ‘न मुस्कान सहितको सरकारी सेवा न छिटोछरितो काम।’ सरकारी काम कहिले जाला घाम भन्ने उखान घरेलु कार्यालयमा चरितार्थ भएको सेवाग्राहीहरुले बताएका छन्।
    उता कर्मचारी अभावका कारण कार्य सम्पादनमा केही ढिलासुस्ती भएको हुन सक्ने कार्यालय प्रमुख उम बहादुर वलीले बताए। अधिकृत सुवेदीको बचाउ गर्दै वलीले भने, ‘उहाँको खुट्टामा चोट भएर पनि आज काममा आउनु भएको हो।’ रसीदलाई कुप्पन सिस्टम मानी सेवाग्राहीलाई छिटो-छरितो सेवा दिन कार्यालय प्रतिबद्ध रहेको उनले बताए।

    Advertisement

    सोमबार, भदौ २९, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाल अपांग संघ खगेन्द्र नवजीवन केन्द्रमा नयाँ नेतृत्व
    क्यान गुल्मीद्धारा तम्घासका विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान
    बुल्मका कुमाल समुदायलाई माटाका भाँडा बनाउने तालिम
    शहिदभूमी गाउँपालिकामा बीमा सम्बन्धी अन्तरक्रिया
    गम्भीर घाइते गुल्मीका सन्दीप श्रेष्ठको उपचारका लागि परिवारको अपिल
    सुन्दरहरैंचामा ८५औं निवृत्तभरण दिवस मनाइयो

    लोकप्रिय

    • १.
      एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते

    • २.
      पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

    • ३.
      राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच

    • ४.
      राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

    • ५.
      कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद

    भर्खरै

    • १.
      कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद सम्पन्न

    • २.
      राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह

    • ३.
      एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते ?

    • ४.
      पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

    • ५.
      राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

    • ६.
      ओलीले पार्टीलाई चरीनाङ्गो बनाए:केन्द्रीय सदस्य सिंह

    • ७.
      देवदह नगरपालिकाले इस्मा खुल्ला क्रिकेट उपाधि जित्यो

    • ८.
      स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation
     

    Loading Comments...