स्मृती घर्ती मगर, प्युठान । प्युठानमा पाक्नै लागेको मकैबाली जंगली बन्यजन्तुले सखाप पार्न थालेपछी किसान चिन्तित बनेका छन।
जिल्लाको अधिकांस स्थानहरूमा बाँदर, बदेल, भालु, दुम्सी लगायतका जनावरले मकैबाली खाइदिन थालेपछी किसान चिन्तित बनेका हुन।कोरोना र लकडाउनका बिच फौजी किरा,सलह किरा, हावाहुरीबाट जेनतेन मकैबाली जोगाएका किसान अहिले जंगली बन्यजन्तुको मारमा परेका हुन। जिल्लाको स्वर्गद्वारी नगरपालिका-९ जुगेनामा भर्खर पोलेर खाने भैसकेका मकैबाली जंगली जनावरले खाइदिएपछी कृषकहरु चिन्तामा छन।स्थानिय कृषक खिमबहादुर घर्ती मगरले भन्नुभयो मकैबाली बन्यजन्तुले सकेपछि यसपालीको २/४ डोको मकै पनि घर भित्र्याउन नपाइने अबस्था आएको बताउदै भन्नुभयो,”बारिमा फलेका मकैले ६ महिना खान पुग्थ्यो। अब मकै पनि छैन, यस्तो कोरोना कहर चलेको बेला कमाउन पनि कहाँ जानु? परिवार कसरी पाल्नु? निकै चिन्ता लाग्छ। रातभरी निन्द्रापनी लाग्दैन।”त्यस्तै अर्का कृषक धनीदेबि घर्ती मगरले भन्नुभयो,”यसपाली त मैले अरुको बारी पनि मकै आधा-आधा गराउने सर्तमा लगाएकी थिए। त्यति मेहनत गरेर लगाएको मकै सबै जंगली जनवारलाई भयो। मान्छे त अब भोकभोकै मर्ने होला। कमाउने मान्छे श्रीमान हुनुहुन्छ। उहाँपनी कोरोनाले गर्दा इन्डियाबाट घर आएर बसेको ७ महिना भैसक्यो। अब कसरी, के खाएर बाच्ने भन्ने चिन्ता लाग्छ।” त्यहाँ अहिले सबैभन्दा बढी मकैबाली भालु र दुम्सीले सकाएको छ। केही बर्ष अघि सोही ठाउँबाट बसाई सरि गएका अर्का कृषक पुर्ण बहादुर घर्ती मगरले यो ठाउँमा बसि बर्खेबाली भित्र्याउन निकै सकस पर्ने बताउनु भयो। उहाँले भन्नुभयो,”मैलेपनी यो ठाउँमा निकै दु:ख गरे तर जंगली बन्यजन्तुले बर्खेबाली कहिल्यै राम्ररी भित्र्याउनै दिएन। अन्तिममा मै आफै हार मानेर गाउँ छोडी गए। “उहाँका अनुसार यो समस्या यसपालिको मात्र नभई धेरै बर्षदेखीको हो।