राम बहादुर बिश्वकर्मा, प्युठान । जिल्लाको माण्डबी गाउँपालिका-३ नयाँगाउँका एकराज अधिकारिको र उनकी श्रीमती रेशमा अधिकारी दुवै बोल्न सक्दैनन। शारिरिक रुपमा समेत उनिहरु कमजोर छन। उनीहरुका ३ सन्तान छन। घर नजिकैको माण्डवी माध्यमिक विद्यालयमा जेठो छोरा ९ मा, कान्छो ६ मा र छोरी दुई कक्षामा पढ्छन। उनिहरुको घरको अबस्था दयनिय छ।
त्यसैले अधिकारी परिवार बर्षौ देखि आफन्तको घरमा आश्रय लिएर बसिरहेका छन। उनीहरुलाई साँझ-बिहान के खाने भन्ने चिन्ताले पिरोलिरहन्छ। ज्याला मजदुरी गरेर जेनतेन गुजारा टारेपनि छोराछोरीको उचित रेखदेख,उपचार र बस्ने घरको व्यवस्था गर्न मुस्किल परेको अधिकारी दम्पतीले बताएको छ।
बोल्न नसक्ने श्रीमान एकराज अधिकारिले साङ्केतिक भाषामा बोल्दै भने,‘छोराछोरी साना छउन्जेल जसोतसो टर्दै आयो। अब त सबै ठूला भइसके,हामी बुढाबुढी हुँदै गयौं। कसरी गुजारा चलाउने हो,बडो समस्या छ।’
उनीहरुको सहयोगका लागि पहिलो पटक रेडियो स्वर्गद्वारीका स्टेसन म्यानेजर बिमल प्रसाद पोख्रेलको ३१ औं जन्मदिनको अबसरमा केही समयअघि घरैमा पुगेर अपांगता भएको उक्त परिबारलाई केही राहत प्रदान गरिएको थियो। सोही दिन संगै सामाजिक अभिनता हरि बस्नेतले भने, ‘केहि राहत पाएसँगै उनीहरुलाई केही समयका लागि सजिलो भएको छ। तर, आर्थिक अवस्था अत्यन्तै कमजोर भएकाले यो परिवारलाई सहज जीवनयापनका लागि थप सहयोगको खाँचो छ।’सामाजिक अभिनता बस्नेतकै पहलमा उक्त परिवारका लागि आर्थिक सहयोग संकलनको काम भइरहेको छ।
अपांगमैत्री घर बनाएर हस्तान्तरण गर्ने अभियानमा छु’,बस्नेतले भने,‘थोरैथोरै सहयोगले एउटा अप्ठ्यारोमा परेको परिवारलाई ठूलो आडभरोसा दिन सकिन्छ कि भनेर रकम संकलनमा जुटेको हुँ। उहाँहरुको अवस्था देखेर कसैले सहयोग गर्न चाहनुहुन्छ भने त्यो ठूलो पुण्यको काम हुनेछ।’