सन्ताेषकुमार गुप्ता, भालुवाङ। दाङको देउखुरीमा एक महिला मृत अवस्थामा फेला परेकी छन्।
प्यूठान जिल्लाको ऐरावती गाउँपालिका वडा नम्बर ६ सानीठाम निवासी ५४ वर्षकी सुमित्रादेवी खत्री राप्ती नदि किनारमा मृत फेला परेको ईलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी प्रमुख गंगाबहादुर सारूले जानकारी दिएका छन् । कपडा सिलाउन जान्छु भनि निस्केकी उनि मंगलबार देखि नै वेपत्ता भएकी थिइन् । बुधबार बिहान करिब ८ बजे स्थानीयले राप्ती नदी किनारमा दाउरा बटुल्न गएका बेला मृतकको शबलाई नदीमा तैरिरहेको देखेपछि प्रहरीलाई खवर गरेका थिए । उक्त शवको लमही अस्पतालमा पोष्टमार्टम गरि मृतक खत्रीका छोरा पदमबहादुर खत्रीले बुझिसकेको प्रहरीले बताएको छ ।
Advertisement