• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज १२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ३. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ४. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ५. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ६. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • ७. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ८. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

  • ९. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

  • १०. जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु

दर खुवाउन जुटाइएको रकम विद्यालयलाई सहयोग 


  •   शुक्रबार, भदौ १२, २०७७ मा प्रकाशित
  • थम्मन थापा, बागलुङ । गलकोट समाज जापान, क्षेत्रीय समिति नागोयाले गलकोट नगरपालिका–७ मल्म स्थित सिरबारे प्राथमिक विद्यालयलाई रु. ५० हजार आर्थिक सहयोग गरेको छ ।

    Advertisement

    अक्षयकोषका रुपमा रहने गरी आर्थिक सहायता प्रदान गरिएको समितिका अध्यक्ष रामु थापा काजीले बताउनुभयो । समितिका पदाधिकारी, सदस्य र शुभेच्छुकबाट उक्त रकम जुटाइएको थियो । समितिको बैठकले कोरोनाका कारण तीज पर्वमा दर खुवाउने लगायतका औपचारिक कार्यक्रम गर्न नसकिएपनि महिला/बालबालिकाका क्षेत्रमा सहयोग गर्ने निर्णय गरेको थियो । “शैक्षिक विकासमा सानो भएपनि सहयोग पुगोस् भन्ने उद्देश्यले आफ्नै गाउँको विद्यालयलाई रोज्यौँ”, अध्यक्ष थापाले भन्नुभयो । सो विद्यालयमा दलित समुदायका बालबालिका मात्र अध्ययनरत छन् । विसं २०५३ सालमा स्थापना भएको विद्यालय नजिक दलित समुदायको बाहुल्य बस्ती छ । विद्यालयको आर्थिक स्थिति पनि कमजोर छ । विद्यालयलाई पहिलोपटक अक्षयकोषका रुपमा सहयोग आएको प्रधानाध्यापक कल्पना गौतमले बताउनुभयो । “विद्यालयमा अहिलेसम्म कुनै कोष थिएन”, उहाँले भन्नुभयो, “समस्यामा परेको विद्यालयलाई सहयोग गर्ने उहाँहरु धन्य हुनुहुन्छ ।”
    अक्षयकोषको ब्याजबाट वर्षेनी उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत÷सम्मान गर्ने योजना तय गरिएको सिरबारे प्राथमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छविलाल दर्जीले बताउनु भयो । कक्षा ३ सम्म पढाइ हुने उक्त विद्यालयमा अहिले १८ छात्रा र १३ जना छात्र छन् । विद्यालयमा स्थायी र राहत गरी दुई शिक्षकको दरबन्दी रहेको अध्यक्ष दर्जीले जानकारी दिनुभयो । अन्य शिक्षक/कर्मचारीको खर्च स्थानीय स्रोतबाट धानिएको गलकोट नगरपालिका वडा नं ७ का वडा अध्यक्ष सुवेदार टिका बहादुर थापाले जानकारी दिनुभयो । प्रदेश सरकारको सहयोगमा गत वर्ष दुई र यो वर्ष पनि दुई कोठे भवन बनेको वडा अध्यक्ष थापाले बताउनु भयो । विद्यालयमा अहिले
    अङ्ग्रेजी माध्यमबाट पठनपाठन हुँदै आएको छ । कम्प्युटर लगायत प्रविधियुक्त सिकाइका लागि भने विद्यालयमा स्रोत, साधनको कमी रहेको वडा सदस्य पदमा नेपालीले बताउनु भयो । विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि अन्य क्षेत्रबाट पनि सहयोग जुटाउन समन्वय भइरहेको महिला जागरण केन्द्र मल्मका अध्यक्ष ललिता थापाले बताउनुभयो । थापाले गलकोट समाज जापान क्षेत्रिय समिति नागोया सँग समन्वय गरी उक्त रकम विद्यालयमा अक्षयकोषको रूपमा स्थापना गर्नको निमित्त भुमिका निर्वाह गर्नुभएको थियो ।

    शुक्रबार, भदौ १२, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष
    मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज
    विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस
    गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु
    तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन गर्न अनुमति
    लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ३.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह

    • ४.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ५.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    • ६.
      राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न

    भर्खरै

    • १.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

    • २.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • ३.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ४.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ५.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ६.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ७.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ८.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation