अनिल खत्री, गुल्मी । गुल्मीकी मृगौला पिडित युवतीलाई अष्ट्रेलियबाट सहयोग गरेका छन् । जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर–१० निवासी २१ वर्षिय मृगौला पिडित युवती अञ्जु बस्नेतलाई अष्ट्रेलियामा रहेका नेपालीहरुले आर्थिक सहयोग गरेका हुन् ।
अष्ट्रेलियामा रहेका निलम, पुनम र सोनम रेग्मीले आफुहरु र साथीहरुको सहयोगमा संकलित रु १ लाख १४ हजार १ सय ११ रुपैयाँ सहयोग गरेका हुन् । सहयोग रकम सहयोगी निलम रेग्मीका बुवा भेषराज रेग्मीले मृगौला पिडित युवती अञ्जु बस्नेतको प्रभू बैंकमा रहेको खाता नम्बर १०५०११३६६४३०००१८ मा उक्त रकम जम्मा गरिदिएका हुन् । मृगौला पिडित युवती बस्नेत आर्थिक अभावमा उपचार गर्न नसकेपछि मृत्युसँग लडिरहेकी छन् । मृगौला पिडित युवतीको हाल काठमाडौंमा उपचार भइरहेको छ ।
उनको उपचार गर्न धेरै रकम लाग्ने र त्यो रकम जुठाउन नसकेपछि परिवारले सहयोगको याचना गरेका हुन् । घरपरिवारले बिक्री हुने ठाउँको जग्गा जमिन बेच्दा पनि उपचार गर्ने रकम जुटाउन नसकेको पिडित युवतीका बुवा नेत्रहादुर बस्नेतले बताए ।
पिडित युवतीको उपचारको लागि घरबाट भएभरको खर्च गर्दा पनि सम्भव नभएपछि परिवारले सबैले सहयोग गरेर बचाइदिन आग्रह गरेका छन् ।
गुल्मीमा २१ वर्षकी मृगौला पिडित युवतीलाई अष्ट्रेलियाबाट सहयोग
गुल्मीमा २१ वर्षकी मृगौला पिडित युवतीलाई अष्ट्रेलियाबाट सहयोग
Advertisement
तपाईको प्रतिक्रिया