काठमाडौं । सवारीचालक अनुमतिपत्र (लाइसेन्स) नवीकरण गर्न भदौ मसान्तसम्म जरीवाना नलाग्ने भएको छ ।
लकडाउनको अवधिमा म्याद सकिएकाले भदौ मसान्तसम्म विना जरीवाना नवीकरण गर्न पाउने भएका हुन् । यातायात व्यवस्था विभागले सूचना जारी गर्दै बन्दाबन्दीको कारणले ढिलो भएबापत् बुझाउनु पर्ने शुल्क जरीवाना मिनाहा गरेको बताएको छ ।
यो निणर्य अनुसार सेवाग्राहीले चैत ११ पछि म्याद सकिएको भए भदौ मसान्तसम्म कुनै जरीवाना लाग्ने छैन ।
Advertisement