• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, पुष ०४, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद सम्पन्न

राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह

एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते ?

पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

ओलीले पार्टीलाई चरीनाङ्गो बनाए:केन्द्रीय सदस्य सिंह

देवदह नगरपालिकाले इस्मा खुल्ला क्रिकेट उपाधि जित्यो

स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?

काङ्ग्रेस प्यूठानको पार्टी कार्यालय भवनका लागि जग्गा खरिद

लोकप्रिय समाचार

  • १. एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते ?

  • २. पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

  • ३. राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह

  • ४. राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

  • ५. कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद सम्पन्न

कुखुराको मूल्य घटेपछी देउखुरीका किसान आन्दोलित


  •   शुक्रबार, साउन ३०, २०७७ मा प्रकाशित
  • टेकबहादुर पुन,दाङ । ब्रोईलर कुखुराको मूल्य घटाएको भन्दै देउखुरीका किसान आन्दोलित बनेका छन् ।

    Advertisement

    देउखुरी कुखुरा पालक समुहका सिमित ब्यक्तिहरुको एकल निर्णयले कुखुरा पालक हरुलाई मार पर्नेगरी मूल्य घटाएको भन्दै उनिहरु आन्दोलित बनेका हुन् । समुहमा नेतृत्व पँक्तिमा रहेका सिमित ब्यक्तिको खोरमा कुखुरा नभएको भन्दै मुल्य घटाएको कुखुरा पालक हरुको आरोप छ ।

    देउखुरी कुखुरा पालक समुहले बुधबार ब्रोईलर कुखुराको मूल्य प्रति किलो २ सय रुपैया तोकेको छ । यस अघि कुखुराको मूल्य प्रति किलो २ सय ४० रुपैया रहेको थियो । गएको करिब १ हप्तामा किसानको कुनै पिर मर्का नै नबुझी समुहले किलोमा ८० रुपैया सम्म घटाएको विहिबार १४ जना कुखुरा पालक कृषक हरुद्वारा हस्ताक्षरित बिज्ञप्तीमा उल्लेख छ । कृषकको पिरमर्का नबुझी २/४ जनाले गरेको एकल निर्णय आफुहरुलाई मान्य नहुने भन्दै कृषकहरुले यस्तो निर्णयको घोर भत्सर्ना समेत गरेका छन ।

    ‘तोकिएको मुल्यमा कुखुरा बिक्रि गर्दा खर्च लागत नै उठ्दैन लमही-३ निवासी कृषक अमृत वलीले भने-कुखुरा पालकको हकहितमा काम गर्ने समुहले उल्टै किसानलाई डुबाउँदैछ ।’ वलीको कुखुरा फर्ममा अहिले करिब ६ सय बढी कुखुरा बिक्रि गर्ने अबस्थामा छन । यही समयमा समुहले मुल्य घटाएको प्रति उनले गुणासो पोखे । ‘जिविको पार्जनका लागि जसोतसो चल्ला हालियो, लकडाउनले दानाको मुल्यपनि बृद्दी भयो कृषक वलीले भने-जसोतसो कुखुरा हुर्काइयो, अब बिक्री गरौँ भन्दा मूल्य घट्यो, लगानी कसरी उठाउँ?’
    गढवा-६ का दयाराम थापाको खोरमा पनि ५ सय कुखुरा तयारी अबस्थामा छन् । समुहले मुल्य घटाएपछि लागत मुल्यपनि उठाउन हम्य हम्य पर्ने भन्दै उनले चिन्ता ब्यक्त गरे । उनिजस्तै लमही-४ मा मण्डल चौधरीको खोरमा पनि २५ सय कुखुरा छन् । यतिधेरै कुखुरा मुल्यबिना अब कसरी बिक्रि गर्नु भन्दै उनले चिन्ता ब्यक्त गरे । सधै कुखुराको मूल्य घट्ने, दाना र अौषधी उपचारको मूल्य नघट्ने? चौधरीले आक्रोश पोखे ।लकडाउनको समयमा कुखुराको दाना क्विन्टलको ६ हजार ४ सय रुपैया सम्म तिरेको कृषक हरु बताउँछन । तर बजारमा उच्च स्तरको दानाको बास्तबिक मूल्य ५ हजार ९ सय ५० रुपैया पर्छ ।
    कुखुरा पालक कृषकहरुले यो भन्दा अघिको प्रतिकिलो २ सय ४० रुपैया यथावत रहनुपर्ने बिज्ञप्ती मार्फत माग गरेका छन । शुक्रबार सम्म माग पूरा नभए अझ शसक्त रुपमा आन्दोलन चर्काईने उनिहरुको भनाई छ ।उता देउखुरी कुखुरा पालक समूहका अध्यक्ष अर्जुन अधिकारीले आधिकारिक बैठक बसी मूल्य समायोजन गरेको जानकारी दिए । अहिलेको अबस्थामा भिडभाड रहित अनलाईन बैठक बसि निर्णय गरिएको उनको भनाई छ । मूल्य बृद्दीले बिचौलिया लाई फाईदा हुने र किसानले वास्तविक मूल्य नपाउने भन्दै किसानकै हकहितका लागि यस्तो निर्णय गरिएको अध्यक्ष अधिकारीले बताए । ‘यहाँ बिचौलियाको बिगबिगी छ, वास्तविक किसानले वास्तविक मुल्य कहिल्यै पाउनुहुन्न अध्यक्ष अधिकारीले भने-यो निर्णय किसानकै हकहितका लागि छ, वास्तविक मुल्य पाउनका लागि यस्तो निर्णय गरिएको हो ।’

    शुक्रबार, साउन ३०, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह
    दुना-टपरी उद्योगबाट स्वरोजगार बन्दै महिलाहरू
    गुल्मीमा दुध, माछा र मासुको स्वच्छ उत्पादन र व्यवस्थापनबारे छलफल
    राप्तीमा फोहोर व्यवस्थापनसम्बन्धी विवाद समाधान
    गुल्मीका ३२ उत्कृष्ट उद्यमी सम्मानित, ८ जनाले पाए नगद पुरस्कार
    भैसवा खोलामा पक्की पुल निर्माण सुरु,

    लोकप्रिय

    • १.
      एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते

    • २.
      पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

    • ३.
      राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच

    • ४.
      राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

    • ५.
      कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद

    भर्खरै

    • १.
      कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद सम्पन्न

    • २.
      राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह

    • ३.
      एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते ?

    • ४.
      पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

    • ५.
      राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

    • ६.
      ओलीले पार्टीलाई चरीनाङ्गो बनाए:केन्द्रीय सदस्य सिंह

    • ७.
      देवदह नगरपालिकाले इस्मा खुल्ला क्रिकेट उपाधि जित्यो

    • ८.
      स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation