कामना डेली, बाँके। जिल्ला प्रहरी कार्यालय बाँकेले ज्यान मार्ने उद्योगका एकजना फरार प्रतिवादीलाई ५ बर्षपछी पक्राउ गर्न सफल भएको छ।
बाँके जिल्लाको खजुरा नगरपालिका वडा नंवर २ का ३१ बर्षीया वम बहादुर मल्ल भनिने गोबिन्द बिक्रम मल्ललाई पक्राउ गरेको हो। सादा पोशाकमा खटिएको प्रहरी टोलीले बिहिबार गाउँबाटै उनलाई पक्राउ गरेको हो।ज्यान मार्ने उद्योगका फरार प्रतिबादी मल्ललाई २०७२ पुस १ गते जिल्ला अदालत बाँकेले ४ बर्ष दुई दिन कैद सजाय गर्न फैसला सुनाएको थियो।
Advertisement