काठमाडौं। पहिरोले बुढीगण्डकीको सहायक नदी नौलीखोला थुनिएको छ ।
गोरखाको धार्चे गाउँपालिका–७,लापुस्थित चिंगारनजिकै जमिन भासिएर खोला थुनिएको हो।गएराति ११ बजे गएको पहिरोले खोला पूरै थुनिएको धार्चे गाउँपालिका–७ का वडा अध्यक्ष सूर्यमान गुरुङले जानकारी दिनुभयो।खोला थुनिएपछि बाद्राङ गाउँ र नयाँ बस्तीका ६० घर जोखिममा रहेको उहाँको भनाई छ । नदी पूर्ण रुपमा थुलिएको र एक्कासी फुट्नसक्ने भन्दै नदी तटिय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा बस्न आग्रह गरेको जिल्ला प्रशासन कार्यालय गोरखाले आग्रह गरेको छ ।
अहिले नदी थुनिएको स्थानमा स्थानीय जनप्रतिनिधि र सुरक्षाको टोली पुगेको छ ।
Advertisement