थम्मन थापा, बागलुङ। निरन्तर परेको वर्षा सँगै आएको पहिरोले गलकोट नगरपालिका वडा नं ७ मल्म अारान टोलमा ३ घर उच्च जोखिममा परेका छन ।
घरको आँगनबाट पहिरो खसेपछि स्थानिय लक्ष्मण सुनार, मन बहादुर विक र अंकित विकको घर जोखिममा परेको वडा अध्यक्ष सुवेदार टिका बहादुर थापाले जानकारी दिनुभयो । लक्ष्मण सुनारको केही हप्ता पहिले साउदी अरबमा निधन भएको थियो । लक डाउनको कारण शव समयमै ल्याउन नसकिएको र अहिले शव नेपाल लिएर अन्तिम संस्कारपछि परिवार काज क्रियामा बसेको वडा अध्यक्ष थापाले बताउनु भयो ।
घरको अगाडी र आड बाट पहिरो खसेपछि सुनारको परिवारमा थप पीडा थपिएको वडा सदस्य लोक बहादुर थापाले जानकारी दिनुभयो । हामीले स्थलगत अवलोकन गर्यौं घरहरु पहिरोले जोखिममा परेका छन् सम्बन्धित निकायमा यसको लागि आवश्यक पहलकदमी अगाडि बढाएका छौं वडा सदस्य थापाले भन्नु भयो । घर माथि बाट पहिरो खसे पछि मन बहादुर विक र अंकित विक अहिले छिमेकीको घरमा आश्रय लिएर बसिरहेका छन् । उता गलकोट नगरपालिका वडा नंवर ७ मल्म सिरबारेमा पनि १ घर पहिरोले क्षति पुगेको छ स्थानीय साजन परियारको घर पछि बाट पहिरो खस्दा घरको गारोमा क्षति पुगेको स्थानिय समाजसेवी डिल बहादुर परियारले जानकारी दिनुभयो ।
पहिरो खसे पछि घरमा बस्न जोखिम भएकोले परियारको परिवार छिमेकमा बस्दै आएका छन् ।