प्यूठान। जिल्लाको उत्तरमा पर्ने विकट भौगोलिक क्षेत्र भएको स्याउलिवाङमा स्थानीयले करिव १० क्वीण्टर सलह जम्मा गरेका छन्।
नौवहनी गाउँपालिकाले सलह छोप्ने किसानलाई प्रति किलो ५० रुपैयाका दरले रकम उपलव्ध गराउने भनेपछि उनीहरुले सलह छोपेका हुन्। आइतवार र सोमवार छोपेको करिव १० क्वीण्टल सलह वडा कार्यालयमा बुझाएको नौवहिनी गाउँपालिका वडा नंवर १ का वा अध्यक्ष शेरवहादुर सेनले जानकारी दिए।
केही दिन अगाडि भारत हुँदै नेपाल प्रवेश गरेको सलह स्याउलिवाङमा गएर बसेको थियो। जिल्लाकै सबैभन्दा अग्लो तीन हजार ६५९ मिटर अग्लो कोठी हिमाल रहेको स्याउलिवाङबाट चिसोको कारण सलह सजिलोसँग उत्तरतर्फ लाग्न नसकेपछि स्याउलिवाङमा बसेको थियो।
सलहले तयार हुँदै गरेको मकै र भर्खर रोपेको कोदो बालीमा क्षती पु¥याउन थालेपछि स्थानीय कृषकहरुले सलह छोपेर वडा कार्यालयमा बुझाएका छन्। करिव ६ दशकभन्दा पहिलो प्यूठानमा सलह आएको भए पनि त्यस यता सलह प्यूठान नआएको बुढापाकाहरु बताउँछन्। अफ्रिका भारत हुँदै सलह नेपाल आएको थियो। भारतमा रहेको सलह नेपालतर्फ हावाको वहाव बढेपछि नेपाल भित्रिएको थियो। दुई पटकसम्म सलह भित्रिसकेको छ भने अझै पनि भित्रन सक्ने सम्भावना रहेको सलहको प्रभाव आंकलन गरिरहेको विज्ञले बताएका छन्।
सलह छोपेर ल्याउनेलाई प्रतिकिलो २० रुपैया उपलव्ध गराउने प्रदेश ५ सरकारले यस अघि नै निर्णय गरिसकेको थियो। सलह भगाउनको लागि स्थानीयले धुवा निकाल्ने, आवाज दिने लगायतका काम गरेर सलह भगाउने प्रयत्न गरेका थिए।
कृषकले ल्याए १० क्वीण्टल सलह, गाउपालिकाले दियो किलोको ५० रुपैयाँ
कृषकले ल्याए १० क्वीण्टल सलह, गाउपालिकाले दियो किलोको ५० रुपैयाँ
Advertisement
तपाईको प्रतिक्रिया