• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज १३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

टिमुरेको टेलिफोन टावरमा सोलार जडान

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ३. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ४. एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

  • ५. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ६. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

  • ७. अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

  • ८. जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

  • ९. प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

  • १०. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

पश्चिम नवलपरासीका ९ नाकामा प्रहरी पोष्ट स्थापना


  •   शनिबार, साउन ०३, २०७७ मा प्रकाशित
  • हरि शर्मा/परासी ।  जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले विभिन्न ९ स्थानमा नयाँ प्रहरी पोष्ट स्थापना गरेको छ । अपराध र तस्करी नियन्त्रणमा सघाउ पु¥याउने उद्देश्यले पोष्ट स्थापना गरिएको प्रहरीले जनाएको छ ।

    Advertisement

    सबैभन्दा बढी चाडपर्वमा चोरी र अपराधका घटना बढी हुने भएकाले पनि त्यसलाई समेत लक्षित गरेर पोष्ट स्थापना गरिएको जिल्ला प्रहरी कार्यालयका उपरीक्षक अजय केसीले बताए । जिल्लामा सरुवा भएर आएको दुई महिनामै प्रहरी उपरीक्षक अजय केसीले सिसिटिभीसहितका पोष्ट स्थापना गरेका हुन् । प्रहरी उपरीक्षक केसी जेठ महिनामा सरुवा भएर आएका हुन् । स्थापना गरिएका पोष्ट राजमार्ग र चोरी निकासी बढी हुने नाकामा छन् ।

    राजमार्गमा स्थापना गरिएका पोष्टले राजमार्गमा दुर्घटना गराएर भाग्ने सवारीसाधनलाई पक्राउ गर्न सहज हुने विश्वास प्रहरीको छ । त्यसैगरी भारतबाट अवैध रुपमा नेपालतर्फ ल्याउँदै गरेका सामान पक्राउ गर्न र अपराध गरेर भाग्ने व्यक्तिहरुको पहिचान गर्न संभावित नाकामा समेत पोष्ट स्थापना गरिएको प्रहरी उपरीक्षक केसीको भनाई छ । केही पोष्टहरु औद्योगिक क्षेत्र धेरै भएका स्थानमा समेत राखिएको छ । स्थापना गरिएका पोष्टहरुमा राजमार्गको ज्यामिरे, बर्दघाटको टिसिएन चोकमा छन् । त्यसैगरी सदरमुकामको बुद्धचोक, निलो गेट, भूमही–भैरहवा सडकखण्डको वाईपास रोड, हकुई, सेतोपुल, पोखरापाली र हरपुरमा छन् । पोष्टमा प्रहरी सहायक निरीक्षकको नेतृत्वमा चौबिसै घण्टा प्रहरी खटाइएको छ । लकडाउनका कारण भारत तथा अन्य क्षेत्रमा काम गर्न गएका व्यक्तिहरु धेरैको संख्यामा जिल्लामा आएका कारण आर्थिक अभावले चोरीका घटना बढ्न सक्ने संभावनालाई समेत मध्यनजर गरेर पोष्ट स्थापना गरिएको प्रहरीको भनाई छ । ‘ काम गर्न बाहिर गएका अधिकांश व्यक्तिहरु तलब नै नलिएर घर फर्केका छन् । चाडपर्व पनि नजिकएको छ ।

    यस्तो अवस्थामा चोरीका घटना पनि बढ्न सक्ने भएकाले जिल्लाभरी प्रहरी निगरानी बढाउन पोष्ट स्थापना गरेका हौं ।’ प्रहरी उपरीक्षक केसीले भने । लकडाउनको मौका पनि भारतबाट अवैध रुपमा चोरी निकासी भइरहेकाले स्थापना गरेका पोष्टले सहज बनाएको उनको भनाई छ । लकडाउन सुरु भएपछिको जेठ र असार महिनामा भारतबाट चोरी गरेर ल्याएका २८ लाख बराबरका सामान पक्राउ गरिएको प्रहरीले जनाएको छ । अपराध र तस्करी नियन्त्रण प्रमुख काम भएकाले मातहतका प्रहरीलाई सोही अनुसार लाग्न निर्देशन दिइएको प्रहरी उपरीक्षक केसीको दाबी छ ।

    शनिबार, साउन ०३, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा
    सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम
    भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने
    टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ३.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह

    • ४.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना

    • ५.
      भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण

    • ६.
      टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    भर्खरै

    • १.
      ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

    • २.
      तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

    • ३.
      सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

    • ४.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    • ५.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

    • ६.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • ७.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ८.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation