बुटवल। रुपन्देहीको बुटवलबाट साढे २२ केजी चरेस सहित दुईजना पक्राउ परेका छन् ।
Advertisement
बुटवल उपमहानगरपालिका वडा नम्बर १४ तामनगरको हरियाली टोलबाट उनीहरु पक्राउ परेका हुन् । पक्राउ पर्नेहहरुमा गुल्मीको मदाने गाउंपालिका वडा नंवर ७ घर भई हाल बुटवल १२ बस्ने २९ वर्षका मेघराज गिरी र पूर्वी रुकुम सिस्ने गाउंपालिका वडा नंवर ८ का ३५ वर्षका रतिमान दमाई रहेका छन् ।
प्रदेश प्रहरी कार्यालय दाङको विषेश टोलीले उनीहरुलाई पक्राउ गरेको प्रदेश प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजकुमार बैदवारले बताए ।